बाइडेन प्रशासनद्वारा आप्रवासीका लागि काम गर्ने अनुमति समय विस्तार गर्ने घोषणा


प्रकाशित मिति : चैत्र २३, २०८० शुक्रबार

अमेरिकी युएससीआईएसले आधुनिकीकरण प्रयासहरूको आधारमा भीसाका लागि अस्थायी अन्तिम नियम  घोषणा गरेको छ । यसले काम गर्ने अनुमतिको लागि मुख्य रुपमा आप्रवासीहरूको योग्यताका आधारमा वर्गीकरण गरी सुव्यवस्थित गर्ने आधार तय गरेको छ ।

टीएफआरले निश्चित वर्क परमिट का लागि स्वचालित १८० दिनको अवधिलाई ५४० दिनसम्मका लागि विस्तार गरेको छ ।

बिहीबार घोषणा गरिएको अस्थायी उपायले पहिले नै कार्यकारी तथा गैर–नागरिकहरूको वर्क परमिट म्याद समाप्त हुनबाट रोक्नेछ । अमेरिकी नागरिकता र अध्यागमन सेवाले उनीहरूको विचाराधीन कागजात प्रमाणिकरण नवीकरण आवेदनहरूको निर्णय गर्न पर्खिरहेका छन् ।

यसै सम्बन्धमा अमेरिकी रोजगारदाताहरूका लागि भने सञ्चालनको निरन्तरता सुनिश्चित छ । अर्थतन्त्रलाई समर्थन गर्दै कार्यबलमा कार्यरत व्यक्तिहरूलाई सुविधा प्रदान गर्ने बाइडेन प्रशासनको पछिल्लो कदम हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दक्षिण एसियाली आप्रवासीहरूलाई लाभान्वित गर्ने यो ऐतिहासिक घोषणाले ह्वाइट हाउस एसियाली अमेरिकी र हवाइ प्यासिफिक आइल्यान्ड  कमिसनमा राष्ट्रपति बाइडेनका सल्लाहकार अजय भुटोरियाले गरेको सिफारिसलाई अनुशरण गरेको देखिन्छ । भुटोरियाको प्रयासले आप्रवासन सुधार र ग्रिन कार्ड पर्खाइलाई घटाउने लक्ष्य राखेको छ । यसबाट दश लाखभन्दा बढी दक्षिण एसियालीहरू लाभान्वित भएका छन् ।

ह्वाइट हाउस एएएनएचपीआई आयोगलाई उहाँको अघिल्लो सिफारिसहरूले संयुक्त राज्य अमेरिकाभित्र अस्थायी भिसाका लागि आन्तरिक नवीकरण गर्न प्रमुख परियोजना सुरु गर्न नेतृत्व गरेको हो ।

युएससीआईएसको घोषणा आप्रवासी समुदायलाई प्रभाव पार्ने नीतिहरूलाई आकार दिन सामुदायिक वकालत र सहयोगी प्रयासहरूको प्रभावको प्रमाण हो ।
गत वर्ष, युएससीआईएस कार्यबलले योग्य व्यक्तिहरूमा कामको पहुँच सुधार गर्ने समग्र लक्ष्यलाई समर्थन गर्दै धेरैजसो रोजगार प्राधिकरण कागजात भएको समूहका लागि भिषा समय घटाएको छ । यद्यपि, नवीकरण संयन्त्रलाई असर गर्ने रोजगार प्राधिकरण आवेदनहरूको रेकर्ड सङ्ख्या पनि प्राप्त गरेको युएससीआईएसका निर्देशक उर एम जादोउले प्रेस विज्ञप्तिमाफत जानकारी दिनुभयो ।

विद्यमान अस्थायी स्वचालित विस्तारलाई ५४० दिनसम्म लम्ब्याउँदा रोजगार प्राधिकरणहरूमा त्रुटिहरूबाट बच्न सकिन्छ । यो घोषणाले सार्वजनिक टिप्पणीहरू मागेर दीर्घकालीन समाधानहरू विचार गर्न अतिरिक्त मार्ग प्रदान गर्दछ । यसैगरी रोजगार प्राधिकरणका लागि योग्य गैर–नागरिकहरूले लाभ कायम राख्न सक्छन् भन्ने सुनिश्चितता सहित नयाँ रणनीतिहरू पहिचान गर्दछ । जसमा शरणर्थीहरु स्थायी निवासका लागि आवेदन दिने विदेशी नागरिकहरू परिवर्तनका दुई मुख्य लाभग्राही वर्गहरु हुनेछन् ।

युएससीआईएसका प्रवक्ताका अनुसार नयाँ नियम लागु नभएमा आठ लाख आप्रवासीहरू रोजगारी गुमाउने जोखिममा थिए ।

‘द हिल’का अनुसार बाइडेन प्रशासनले  सन् २०२३ अक्टोबर २७ सम्मका लागि २०२२ मा गरिएको प्रारम्भिक विस्तार समाप्त भएपछि यो दोस्रो पटकको लागि ५४० दिनको म्याद थप गरेको घोषणा गरेको हो । नयाँ विस्तार २०२२ द्वारा सम्बोधन गरिएका सबै प्रकारका आप्रवासी स्तरहरूमा लागू हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com