नेपालीको लगानीमा कतारमा मेडिकल सेन्टर, निशुल्क स्वास्थ्य शिविरको योजना


प्रकाशित मिति : भाद्र १२, २०७४ सोमबार

कतारका सफल व्यवसायी राजेन्द्र कुमार शर्मा (आरके शर्मा) र विकाश प्रसाईको लगानीमा कतारको दोहामा मेडिकल सेन्टरको स्थापना गरिएको छ । नेपालीको लगानीमा मध्यपूर्वमा खोलिएको सम्भवत यो नै पहिलो मेडिकल सेन्टर हो ।

नेपालीहरुलाई लक्षित गरी स्थापना गरिएको यो मेडिकल सेन्टरबाट कतारमा रहेका नेपालीहरुले भाषाको कुनै समस्या विना नै उपचार गर्न पाउने अपेक्षा गरिएको छ । कतारमा धेरै नेपालीहरुको समयमा स्वास्थ्य परिक्षण र जनचेतनाको अभावमा  अकालमा ज्यानै समेत जाने गरेको छ । कतारमा झण्डै पाँच लाख नेपालीहरु रहेका छन् ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

‘कान्तिपुर मेडिकल सेन्टर’को नाममा स्थापित यो मेडिकल सेन्टरको कतारका लागि नेपाली राजदूत प्राडा रमेश कोइरालाले उद्घाटन गर्नुभयो । मेडिकल सेन्टरमा उपचारका लागि चारजना प्रतिष्ठित नेपाली डाक्टरहरु कार्यरत छन् । उनीहरुमध्ये एकजना छाला तथा यौनरोग, एकजना इन्टरनल मेडिसिन, एकजना मुटुका र एकजना दन्त विशेषज्ञ रहेका छन् ।

मेडिकल सेन्टरको स्पोन्सरको रुपमा कतारी नागरिकहरु मोहमद खालिद अल–खत्तर अध्यक्ष र इस्सा अल कुवारी उपाध्यक्ष छन् । बारुवा सेन्टरको छेउमा एन खालिद रोडमा रहेको मेडिकल सेन्टरमा सेवाग्राहीहरुले नेपाली डाक्टरबाटै नेपाली भाषामा समस्या अवगत गराएर उपचार गर्न सक्ने आरके शर्माले खसोखासलाई जानकारी दिनुभयो ।

आगामी दिनमा नेपाली दूतावाससँग मिलेर कतारमा रहेका नेपालीमाझ स्वास्थ्य जागरण अभियान र निशुल्क स्वास्थ्य शिविर समेत संचालन गर्ने योजना रहेको समेत शर्माले जानकारी दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com