साउदी अरबमा ५१४ नेपालीले ज्यान गुमाए , अरु देशको अबस्था पनि कम छैन


प्रकाशित मिति : चैत्र १९, २०८० सोमबार

विदेशमा काम गर्ने क्रममा ज्यान गुमाउने श्रमिकको सङ्ख्या बर्षेनी बढिरहेको देखिएको छ । पछिल्लो ८ महिनामा १ हजार २५५ युवाले विदेशी भूमिमा ज्यान गुमाउनु परेको देखिएको छ । जुन अघिल्लो आर्थिक बर्ष २०७९।८० को सोही अबधिको तुलनामा ४७ ले बढि हो । अघिल्लो बर्ष १ हजार २०८ जनाले रोजगारीको सिलसिलामा बिदेशी भूमीमा ज्यान गुमाएका थिए ।

बैदेशिक रोजगार विभागका अनुसार, चालु आर्थिक बर्ष २०८०। ८१ को साउनदेखि फागुनसम्मको ८ महिनाको अवधिमा श्रम स्वीकृति लिई ४ लाख ७१ हजार २१० जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । चालु आर्थिक बर्ष शुरु भएपछि दैनिक औसतमा १ हजार ९६३ जनाभन्दा बढी वैदेशिक रोजगारीमा गएको देखिन्छ ।
बैदेशिक रोजगार बोर्डका अनुसार यो तथ्याङक सहायता दावी गर्नेहरुको मात्र हो । यो भन्दा धेरै सख्या हुनसक्ने बोर्ड कै अधिकारीले बताउछन ।

श्रम स्वीकृति लिएर बैदेशिक रोजगारीमा जाने कामदारको मृत्यु भएमा सचिवालयबाट ७ लाख रुपैया परिवारले प्राप्त गर्ने गर्दछन । तर बिभिन्न भिषामा बिदेशमा गएर काम गर्नेक्रममा ज्यान गुमाउनेको संख्या पनि कम छैन ।

तथ्यांक अनुसार वैदेशिक रोजगारीका लागि दैनिक औसतमा १ हजार ९०० भन्दा बढी श्रम स्वीकृति लिएर जाने गरेका छन । तथ्याङकले दैनिक ५ जनाको शव नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा आइपुग्ने गरेको देखाउछन । पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टीविनै वैदेशिक रोजगारीमा जाँदा र पठाउँदा ठूलो सङ्ख्यामा नेपाली श्रमिकको मृत्यु हुने गरेको देखिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

साउदी अरबबाट ५१४, मलेसियाबाट ३३३, कतारबाट १२३ र संयुक्त अरब इमिरेट्स यूएई बाट ८२ जना नेपालीको शव नेपाल ल्याइएको बोर्डको पछिल्लो आठ महिनाको तथ्याङकमा उल्लेख छ ।

गत आर्थिक बर्ष २०७९।८० मा ७ लाख ७१ हजार ३२७ जना नेपाली वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर विदेशिएका थिए । त्यो वर्ष औसतमा दैनिक २ हजार ११३ जनाभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएको देखिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com