दक्षिण अफ्रिकामा भयानक बस दुर्घटनामा ४५ जनाको मृत्यु, ८ बर्षका बच्चाको मात्र जीबित उद्दार


प्रकाशित मिति : चैत्र १५, २०८० बिहीबार

दक्षिण अफ्रिकामा बिहीबार इस्टर पर्वका लागि पूजा गर्नेहरूलाई लिएर जाँदै गरेको बस पहाडको एउटा पुलबाट खसेर आगलागी हुँदा कम्तीमा ४५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। उत्तरी प्रान्त लिम्पोपोका अधिकारीहरूका अनुसार दुर्घटनामा एक मात्र ८ वर्षीय बच्चा बाँचेका छन्, जसको स्वास्थ्य उपचार भइरहेको छ ।

लिम्पोपोको प्रान्तीय सरकारले बस ममामतलाकला पुलबाट तल खसेको र आगलागी हुनु अगाडि १६४ फिटको खाडलमा खसेको जनाएको छ। धेरै शवहरू चिन्न नसकिने गरी जलेका छन् र अझै पनि गाडी भित्र फसेका छन्। बस छिमेकी देश बोत्सवानाबाट मोरिया शहरमा यात्रा गरिरहेको थियो, जुन एक लोकप्रिय इस्टर तीर्थयात्रा हो।

यातायात मन्त्री सिन्दिसिवे चिकुन्गा सडक सुरक्षा अभियानको लागि लिम्पोपो प्रान्तमा थिए । उनले दुर्घटनास्थलको भ्रमणका लागि योजना परिवर्तन गरेको जनाइएको छ । उनले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताउँदै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

दक्षिण अफ्रिकी सरकारले इस्टर बिदाको समयमा सडक दुर्घटनाको खतराबारे चेतावनी दिदै आएको छ । जुन सडक यात्राको लागि विशेष व्यस्त र खतरनाक समय हो। गत वर्ष इस्टर सप्ताहन्तमा सडक दुर्घटनामा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जियोनिस्ट क्रिश्चियन चर्चको मुख्यालय मोरियामा छ । इस्टर दक्षिण अफ्रिका र छिमेकी देशहरूबाट लाखौं मानिसहरू यहाँ तीर्थयात्राका लागि आउने गर्छन् । यो वर्ष कोरोना महामारी पछि पहिलो पटक मोरियामा ईस्टर तीर्थयात्रा तय गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com