आप्रवासीहरु किन समुद्रमा डुबिरहेका छन् ?


प्रकाशित मिति : चैत्र १४, २०८० बुधबार

Ominous clouds come in from the Pacific Ocean during a rain storm in Bolsa Chica, near Huntington Beach, California on February 1, 2024. The US West Coast was getting drenched February 1, 2024 as the first of two powerful storms moved in, part of a “Pineapple Express” weather pattern that was washing out roads and sparking flood warnings. (Photo by David SWANSON / AFP)

पछिल्लो १० वर्षमा रेकर्ड गरिएका आप्रवासीहरूको सबैभन्दा धेरै मृत्यु डुबेर भएको संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन आइओएम ले बताएको छ । डुबेर मृत्यु हुने आप्रवासीको सङ्ख्या पछिल्लो १० वर्षमा ३६ हजार पुगेको छ । आइओएमले पछिल्लो दशकमा रेकर्ड गरेका ६४ हजार आप्रवासीको मृत्युमध्ये करिब ६० प्रतिशत डुबेरसँग सम्बन्धित थिए ।

समुद्रमा भएका ती मृत्युमा २७ हजारभन्दा धेरै मृत्यु भूमध्यसागरमा भएका छन् । उत्तरी अफ्रिकादेखि दक्षिणी युरोपसम्म पुग्ने प्रयास गर्ने धेरै आप्रवासीले धेरै वर्षदेखि उक्त मार्गको अनुसरण गरिरहेका छन् । यद्यपि आइओमले प्रतिवेदनमा प्रकाशित आँकडा अपूर्ण रहेको बताएको छ ।

सन् २०२३ मा विश्वभरमा आप्रवासन मार्गमा आठ हजार पाँच सयभन्दा धेरै मानिसको मृत्यु भएको थियो । यसबाट आइओएमले एक दशकअघि आँकडा सङ्कलन सुरु गरेपछिको यो सबैभन्दा घातक वर्ष बनेको छ । सङ्गठनले सन् २०२४ मा अहिलेसम्मको आँकडा ‘कम चिन्ताजनक नभएको’ बताएको छ । भूमध्यसागरीय मार्गका लागि सन् २०२३ को तुलनामा आगमनको सङ्ख्यामा कमी आएपनि मृत्युको सङ्ख्या अघिल्लो वर्षको तुलनामा करिब त्यति नै धेरै छ ।

आइओएमले थप मृत्युहरू रोक्नका लागि ‘बलियो खोजी तथा उद्धार क्षमताहरू’ का साथै ‘सुरक्षित, नियमित आप्रवासन मार्गहरू’ तत्काल आवश्यकता रहेको बताएको छ । समुद्रमा सङ्कटमा फसेका आप्रवासीहरूका लागि ‘अन्तर्राष्ट्रिय कानून र मानवताको सिद्धान्तअनुसार’ थप सहायताको आवश्यकता रहेको पनि आइओएमले बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com