इक्वेडरमा लोकप्रिय मेयरलाई किन गोली हानियो ? यस्तो छ कारण


प्रकाशित मिति : चैत्र १२, २०८० सोमबार

इक्वेडरकी सबैभन्दा कान्छी र लोकप्रिय मेयरको गोली हानेर हत्या गरिएको छ । इक्वेडरको सान भिसेन्टे शहरका मेयर ब्रिगिट गार्सिया र सञ्चार निर्देशक जैरो लोरको गाडीभित्रै गोली हानेर हत्या भएको प्रहरीलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

२७ वर्षकी मेयर गार्सिया देशकै सबैभन्दा युवा राजनीतिज्ञ र लोकप्रिय मेयरको रुपमा चिनिनुहुन्थ्यो । उहाँ पूर्व राष्ट्रपति राफेल कोरेआको नेतृत्वमा भएको नागरिक क्रान्तिकी महत्वपूर्ण सदस्य पनि हुनुहुन्थ्यो ।

यसअघि गएको जुनमा मन्टाका सहरका मेयर अगस्टिन इन्ट्रियागोको पनि हत्या भएको थियो । यस्तै राष्ट्रपति पदका उम्मेदवार फर्नान्डो भील्लाभीसन्सीको पनि गएको वर्षको अगस्टमा राजधानी क्विटोमा भएको राजनीतिक र्यालीमै गोली हानेर हत्या भएको थियो ।

इक्वेडरले संगठित अपराधविरुद्ध लडाइँ लडिरहेको बेला गार्सियाको उदयलाई महत्वकासाथ हेरिएको थियो । इक्वेडरमा सरकारले २२ वटा समूहलाई आतंकवादी समूह घोषणा गरेर कारबाही गरिरहेको छ । सरकारलाई साथ दिए बापत आतंककारी समूहले नै मेयर गार्सियाको हत्या गरेको प्रहरीको अनुमान छ । एजेन्सीहरु

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com