न्युयोर्कमा सांस्कृतिक केन्द्र बनाउन चौथो दिनका दाता


प्रकाशित मिति : भाद्र ११, २०७४ आईतबार

न्युयोर्कमा सांस्कृतिक केन्द्र बनाउन सत्यनारायण मन्दिरमा जारी महापुराणको चौथो दिन ५० जना दाताहरुले झण्डै १ लाख १४ हजार डोनेशनको घोषणा गरेका छन् । चौथो दिनका दातामा कानुन व्यवसायी रमेश श्रेष्ठ र उनकी पत्नी आभा श्रेष्ठले सबैभन्दा धेरै २० हजार १ सय ११ डलर प्रदान गर्ने घोषणा गरेका छन् । श्रेष्ठ दुर्गा मन्दिर र सांस्कृतिक केन्द्रका डायमण्ड ट्रस्टी हुने भएका छन् ।

त्यस्तै जनक खत्री र भगवती खत्रीले ९ हजार ७ सय १५ डलर प्रदान गर्ने घोषणा गरेका छन् । उनीहरुले सन् २०१० को महापुराणमा ५ हजार ८ सय ४० डलर दान घोषणा गरेका थिए । कुल १५ हजार ५ सय ५५ डलर दान गरेका उनीहरु गोल्डेन ट्रस्टी हुने भएका छन् । त्यस्तै पिताम्बर भुसाल र संगिता भुसालले १० हजार १ डलर दानको घोषणा गरेर गोल्डेन ट्रस्टी हुने भएका छन् ।

चौथो दिन सबैभन्दा धेरै दान गर्नेहरुमा चौथो नम्बरमा लोकनाथ तिवारी छन् । उनले ५ हजार ५ सय ५५ डलर दानको घोषणा गरेका छन् । उनले सन् २०१० को महापुराणमा ११ सय १ डलर दानको घोषणा गरेका थिए । यसरी कुल ६ हजार ६ सय ५६ डलर दानको घोषणा गरेका तिवारी दुर्गा मन्दिर तथा सांस्कृतिक केन्द्रका सिल्भर ट्रस्टी हुने भएका छन् ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com