क्षयरोगका कारण नेपालमा बर्षेनी १८ हजारको मृत्यु , ४४ बर्षसम्मका उच्च जोखिममा


प्रकाशित मिति : चैत्र ११, २०८० आईतबार

नेपालमा ७० हजार क्षयरोगका नयाँ बिरामी थपिएका छन् । ती मध्ये ३७ हजार ४ सय ४७ जना मात्र उपचारमा दायरामा आएको पाइएको छ । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार आर्थिक वर्ष २०७९/८० मा क्षयरोगकै कारण वर्षेनी १८ हजारको मृत्यु हुने गरेको छ ।

क्षयरोग ‘माइको ब्याक्टेरियम ट्युबरक्लोसिस’ नामक जीवाणुको सङ्क्रमणका कारण हुने सङ्क्रमणजन्य सरुवा रोग हो । क्षयरोग भएका बिरामीले खोक्दा, हाछ्युँ गर्दा किटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुन्छ ।

केन्द्रका निर्देशक डा प्रज्ज्वल श्रेष्ठले भन्नुभयो, “क्षयरोगको जोखिम १५ देखि ४४ वर्ष उमेर समूहका छन् । पछिल्लो वर्षमा ६५ वर्षभन्दा माथिका वृद्धवृद्धामा पनि क्षयरोग देखिने गरेको पाइएको छ ।” हाल नेपालभर ६ हजारभन्दा बढी स्वास्थ्य संस्थामा क्षयरोग विरुद्धको औषधि निःशुल्क उपलब्ध छन् ।

क्षयरोगको जोखिममा कुपोषण भएका, धुमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने, मधुमेहका बिरामी, मादकपदार्थ सेवन गर्ने, एचआइभी सङ्क्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस उच्च जोखिम गर्दछन् । नेपालले सन् २०५० सम्ममा क्षयरोगमुक्त बनाउने लक्ष्य लिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विश्वको जनसङ्ख्याको एकतिहाइ मानिसहरू क्षयरोगबाट संक्रमित विस्वास गरिन्छ र प्रत्येक वर्ष यस जनसङ्ख्याको १ प्रतिसत मानिसहरूमा नयाँ संक्रमण देखिन्छ। एसियाली तथा अफ्रिकी देशहरूका मानिसहरूमा ट्युबरकुलिन परीक्षण गर्दा ८०% मा रोग भएको पाइन्छ तर अमेरिकामा यो प्रतिसत ५-१० मात्रै छ।

सन् २००६ देखि विश्वभरका कुल क्षयरोगीको सङ्ख्यामा भने कमी आएको छ। त्यस्तै सन् २००२ देखि यस रोगको नयाँ संक्रमण हुने दर पनि घटेको छ। विभिन्न क्षेत्रहरूमा क्षयरोग संक्रमणको दर फरक-फरक हुने गरेको पाइन्छ। सन् २००७ मा विश्वभर लगभग १ करोड ३७ लाख मानिसमा सकृय क्षयरोग रहेको अनुमान गरिएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com