एकै परिवारका ३ जनाको ज्यान जानेगरी कसरी करेन्ट लाग्यो होला ?


प्रकाशित मिति : चैत्र १०, २०८० शनिबार

करेन्ट लागेर दाङमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार राप्ती गाउँपालिका ३ मसुरियास्थित विद्युतको तार चुँडिएर करेन्ट लागेपछि एकै परिवारका ३ जनाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय भालुबाङका अनुसार शनिवार २ जनाको घटनास्थलमा र १ जनाको उपचारको क्रममा बुटवलमा मृत्यु भएको हो । ५५ वर्षीय दिलसरा केसी र उहाँका ४ वर्षीय नाति ईश्वर केसीको घटनास्थलमा मृत्यु भयो भने ६० वर्षीय हजुरबुवा गोरखबहादुर केसीको बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

घरको आँगनमा हजुरआमा र नाति उभिएको अवस्थामा एक्कासी बिजुलीको तार चुँडिएर करेन्ट लागेपछि घटना भएको हो । नातिलाई करेन्टबाट छुटाउने क्रममा हजुर आमालाई करेन्ट लागेको, नाति र श्रीमतीलाई करेन्टबाट छुटाउने क्रममा ६० वर्षीय गोरखबहादुर केसीलाई पनि करेन्ट लागेको स्थानीयले बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com