मस्कोको कन्सर्ट हलमा भएको आक्रमणमा ४० जनाको मृत्यु, आईसीसले लियो आक्रमणको जिम्मा


प्रकाशित मिति : चैत्र ९, २०८० शुक्रबार

मस्को नजिकैको एक लोकप्रिय कन्सर्ट स्थल परिसरमा शुक्रबार भएको आक्रमणको जिम्मेवारी आईसीसले लिएको । आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्। शुक्रबार टेलिग्राममा आईएसआईएससँग सम्बद्ध समाचार एजेन्सी अमाकले प्रकाशित गरेको छोटो वक्तव्यमा आतंकवादी समूहले आक्रमणको जिम्मेवारी लिएको हो । समूहले यो दावीलाई समर्थन गर्न प्रमाण प्रदान गरेको छैन ।

आक्रमण भएको ठाउँको भिडियो फुटेजमा धुवाँको मुस्लो हावामा उडिरहेको देखिएको छ। सशस्त्र व्यक्तिहरूले स्वचालित हतियारको साथ फायरिङ गरेको तथा ग्रिनेड वा आगजनी बम फ्याँकेपछि आगो सुरु भएको जनाइएको छ । घटनास्थलको छत आंशिक रूपमा ढलेको जनाइएको छ। म्युजिक ग्रुप पिकनिकको तयारी हुनुअघि नै आक्रमण भएको थियो। ब्यान्डका प्रबन्धकले कलाकारहरूलाई कुनै हानि नभएको बताएका छन् ।

आक्रमणपछि मानिसहरूको भीड एकै ठाउँमा जम्मा भएको, चिच्याइरहेको र कुसनका सिटहरू यत्रतत्र छरिएको देखिएको थियो । एक सशस्त्र व्यक्तिले बन्दुक चलाउँदै स्थल भित्र प्रवेश गरेको भिडियोमा देखिएको थियो । घटनापछि ७० भन्दा बढी एम्बुलेन्स टोली र डाक्टरले पीडितलाई सहयोग गरिरहेका थिए ।

करिब १०० जनालाई अग्निनियन्त्रकहरूले भवनबाट बाहिर निकालेका थिए । उद्धारकर्ताहरूले मानिसहरूलाई छतबाट निकाल्न काम गरिरहेका थिए । मस्कोका मेयर सर्गेई सोब्यानिनले आक्रमणलाई भयानक त्रासदी भनेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आक्रमणको बारेमा जानकारी गराइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस महिनाको सुरुमा, रसियामा रहेको अमेरिकी दूतावासले कन्सर्टहरू सहित अतिवादीहरूले मस्कोमा ठूला जमघटहरूलाई लक्षित गर्ने आसन्न योजनाहरू बनाएको भन्ने रिपोर्टहरू अनुगमन गरिरहेको बताएको थियो । दूतावासले अमेरिकी नागरिकहरूलाई ठूलो जमघट नगर्न चेतावनी दिएको थियो ।

रूसको संघीय सुरक्षा एजेन्सीलाई मंगलबारको भाषणमा पुटिनले मस्कोमा सम्भावित आतंकवादी हमलाहरूबारे अमेरिकी दूतावासको चेतावनीलाई उत्तेजक भन्दै आलोचना गरेका थिए । यी कार्यहरू पूर्ण रूपमा ब्ल्याकमेल र रुसी समाजलाई डराउन दिने र अस्थिर पार्ने मनसाययुक्त भएको उनले बताएका थिए ।

मस्कोमा रहेको अमेरिकी दूतावासले शुक्रबार आतंकवादी घटनाको बारेमा आफूहरु जानकार रहेको उल्लेख गर्दै अमेरिकी नागरिकहरूलाई रुस भ्रमण नगर्न सल्लाह दिएको छ। दुई वर्षभन्दा बढी समयदेखि रुससँग युद्धमा फसेको युक्रेनले आक्रमणमा कुनै संलग्नता नभएको बताएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com