नेपालका महिला पाठेघरको मुखको क्यान्सरको उच्च जोखिममा , १५ बर्षमुनिका किशोरीलाई खोपको दोश्रो मात्रा लगाउन थालियो


प्रकाशित मिति : चैत्र ७, २०८० बुधबार

‘एचपीभी’ खोपको दोस्रो मात्रा किशोरीलाई लगाउन सुरु गरिएको छ । यसअघि सरकारले सन् २०१६।१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमुनाका रुपमा चितवन र कास्कीमा लगाएको थियो ।

नेपालका महिलालाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा धेरैमा देखिएको छ । विश्वमा भने महिलालाई सबैभन्दा बढी स्तनक्यान्सर हुने गरेको छ । ‘ह्युमन प्यापिलोमा भाइरस’को कारणले पाठेघरको मुखमा क्यान्सर हुने गरेको र खोप शतप्रतिशत सुरक्षित र ९९ प्रतिशत प्रभावकारी रहेको चिकित्सकहरुले बताएका छन् ।

यसअघि खोपको पहिलो मात्रा लगाएका किशोरीलाई दोस्रो मात्रा खोप लगाउन सुरु गरेको हो । पहिलो मात्रा खोप लगाएका ९ हजार ९ सय ९९ किशोरीलाई दोस्रो मात्रा लगाउन थालिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो ।

कोशी प्रदेशको कोशी अस्पताल विराटनगरमा, मधेशको नारायणी अस्पताल विरगञ्जमा, गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान , कर्णालीको प्रदेश अस्पताल विरेन्द्रनगर र लुम्बिनी प्रदेशको भेरी अस्पतालमा खोप लगाउन सुरु गरिएको हो । यसअघि पहिलो मात्रा खोप लगाइएका अस्पतालमा नै दोस्रो खोप लगाउन किशोरी जानुपर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकारले गत भदौ अन्तिम सातादेखि खोप अभियान सञ्चालन गरेको थियो । दोस्रो मात्रा खोप एक हप्ताभित्र प्रदान गरिने छ । करिब १० हजार मात्रा खोप सम्बन्धित अस्पतालमा पठाइसकिएको छ ।

खोप शाखाका प्रमुख डा गौतमले १४ वर्ष पूरा भई १५ वर्ष नकटेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि एचपीभी खोप लगाइएको बताउनुभयो । यो खोपको दुवै मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमणबाट ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने दाबी गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com