१६ बर्षसम्म लुकेका प्राध्यापक हत्याका योजनाकार अन्तत प्रहरीको फन्दामा


प्रकाशित मिति : चैत्र ६, २०८० मंगलबार

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हत्याका योजनाकार एक महिलालाई १६ वर्षपछि पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा धादिङ साविक बुढाथुम गाबिस–३ हाल गङ्गा जमुना नगरपालिका–७ घर भई हाल ललितपुर महानगरपालिका–२६ ढोलाहिटी बस्ने ४१ वर्षीया सबिता थापा अधिकारी रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार विसं २०६४ असार २६ गते ललितपुरको तत्कालीन ललितपुर उपमहानगरपालिका–२२ शङखमुलस्थित ललितपुर इमाडोल घर भएका ३३ वर्षीय धर्मराज विष्टको हत्या भएको र सोही घटनाका योजनाकार थापालाई १६ वर्षपछि पक्राउ गरी मंगलबार सार्वजनिक गरिएको हो ।

मीनभवनस्थित नेपाल कमर्स क्याम्पसको प्राध्यापक रहेका धर्मराज विष्टलाई सोभिता थापाको योजनामा उनका भाइ विनोद थापासहित तीन जनाको समुहले कुटपिट गरी सख्त घाइते बनाएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घाइते विस्टको उपचारका क्रममा मृत्यु भएको थियो । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीबाट निज सोभिता थापालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला अदालत ललितपुर बुझाइएको प्रवक्ता रेग्मीले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com