पत्रकारिताले लोकतन्त्रलाई बलियो बनाउँछ : अध्यक्ष झा


प्रकाशित मिति : चैत्र ४, २०८० आईतबार

सिरहा, ४ चैत स् राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पत्रकारिताको विकासले लोकतन्त्रलाई बलियो बनाउने बताउनुभएको छ । जिम्मेवार र मर्यादित पत्रकारिता अभिवृद्धिका लागि सिरहाको बरियारपट्टीमा आयोजित आधारभूत पत्रकारिता तालिमको आज उद्घाटन गर्दै उहाँले पत्रकारिताबिना लोकतन्त्र अगाडि बढ्न नसक्ने बताउनुभयो ।

अध्यक्ष झाले बदलिँदो समयअनुसार पत्रकारिता पनि मर्यादित र जिम्मेवारपूर्ण हुनुपर्ने उल्लेख गर्दै त्यसका लागि पत्रकारले आचारसंहिताको पालनामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । “पत्रकारिता समाज परिवर्तनको बाहक र लोकतन्त्र मजबुत बनाउने माध्यम भएकाले यसको विकासमा सबैको पहलकदमी जरुरी छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार महतोले पत्रकारिता क्षेत्रको विकासका लागि आफू सहयोग गर्न सदैव तयार रहेको बताउनुभयो । सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा ध्यान दिन उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष ममता यादव, वरिष्ठ पत्रकार तथा सिरहा विकास मञ्चका अध्यक्ष रामरिझन यादव लगायतको उपस्थिति थियो ।

उक्त तालिमका सहभागीलाई पत्रकार भरत जर्घामगर, वीरेन्द्र शर्मा, मोहन भण्डारीलगायतले प्रशिक्षण दिनुहुनेछ । सिरहा विकास मञ्च र नेपाल प्रेस इन्टिच्यूट बरियारपट्टीको संयुक्त आयोजनमा आयोजित उक्त तालिम पाँच दिनसम्म सञ्चालन हुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com