सुडानमा ५० लाख मानिस भोकमरीको जोखिममा , ४० लाख बालबालिका बिस्थापित


प्रकाशित मिति : चैत्र ३, २०८० शनिबार

संयुक्त राष्ट्रसङ्घले सुडानको द्वन्द्वरत समूहलाई ‘विनाशकारी’ भोकमरीबाट बचाउन मानवीय राहत वितरण गर्न अनुमति दिन आग्रह गरेको छ । एएफपीले शुक्रबार प्राप्त गरेको संयुक्त राष्ट्रसङ्घको दस्तावेजअनुसार सुडानका प्रतिद्वन्द्वी जनरलबीचको करिब एक वर्ष लामो युद्धले देशलाई टुक्रयाउने क्रम जारी रहँदा आगामी महिनाहरूमा करिब ५० लाख सुडानीले खाद्य असुरक्षाको सामना गर्नुपर्ने हुनसक्छ ।

सेना प्रमुख अब्देल फताह अल बुरहान र उहाँका पूर्व सहयोगी मोहमद हमदान डग्लोबीच गत वर्षको अप्रिलदेखि जारी युद्धले दशौँ हजारको ज्यान लिइसकेको छ भने पूर्वाधार ध्वस्त पारेको छ । युद्धका कारण यहाँको अर्थतन्त्र धराशायी बनेको छ । यसले गम्भीर मानवीय सङ्कट र तीव्र खाद्यान्न अभाव पनि निम्त्याएको छ र देश अनिकालको सङ्घारमा पुगेको छ ।

संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले सुरक्षा परिषद्लाई लेखेको पत्रमा करिब एक करोड ८० लाख सुडानीले खाद्य असुरक्षाको सामना गरिरहेको उल्लेख गर्दै आगामी महिनामा देशका केही भागमा करिब ५० लाख मानिस विनाशकारी खाद्य असुरक्षामा फस्न सक्ने चेतावनी दिनुभएको छ ।

डार्फरका दुई लाख ४० हजारभन्दा बढीसहित करिब सात लाख ३० हजार सुडानी बालबालिका ‘गम्भीर’ कुपोषणबाट पीडित रहेको उहाँले बताउनुभयो । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफन दुजारिकले भन्नुभयो, “सहायता सङ्गठनहरूलाई सुडानभित्रको द्वन्द्वग्रस्त क्षेत्रमा समेत सुरक्षित, छिटो, दिगो र निर्बाध पहुँचको खाँचो छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सुडानका लागि युनिसेफका प्रतिनिधि मन्दीप ओ ब्रायनले एक करोड ४० लाख बालबालिकालाई मानवीय सहायताको खाँचो रहेको र ४० लाख बालबालिका विस्थापित भएको बताउनुभयो । हालै सुडानको भ्रमणबाट फर्केका विश्व स्वास्थ्य संगठनका क्षेत्रीय निर्देशक हनान बाल्खीले डार्फरको चरम आवश्यकतामाथि जोड दिँदै अधिकांश स्वास्थ्य संस्थाहरू लुटिएको, क्षतिग्रस्त भएको वा नष्ट भएको बताउनुभयो ।

संयुक्त राष्ट्रङ्घका सहायता प्रमुख ग्रिफिथ्सले सुरक्षा परिषद्को प्रस्तावका बावजुद मुस्लिमधर्मावलम्बीको पवित्र महिना रमजानको समयमा पनि युद्ध जारी रहेको बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com