अमेरिका आवतजावतमा रिपोर्ट नगरी १० हजार डलरभन्दा बढी नगद बोके जफत, जरिवाना र पक्राउसम्म


प्रकाशित मिति : फाल्गुन २९, २०८० मंगलबार

धेरै मानिसहरू प्रायः १० हजार डलरभन्दा बढी नगद बोकेर यात्रा गर्दैनन् । क्रेडिट कार्ड र डेबिट कार्डमा धेरैजसो कारोबार हुने भएकाले नगद बोक्ने प्रचलन कम हुँदै गएको छ । तर कसैलाई यात्राको समयमा धेरै नगदको आवश्यकता हुन सक्छ । वा, यदि तपाईं अन्तर्राष्ट्रिय रूपमा काम गर्दै हुनुहुन्छ तपाईंले अमेरिकामा बचत गर्नुभएको रकम नगदमा फिर्ता लैजान पनि चाहन सक्नुहुन्छ ।

कारण जेसुकै भएपनि यदि तपाईं १० हजार डलरभन्दा धेरै रकम लिएर यात्रा गर्दै हुनुहुन्छ तपाईले सीबीपी समक्ष फर्म भरेर त्यसबारे रिपोर्ट गर्नुपर्छ । अमेरिका आवत जावत गर्दा रिपोर्ट नगरी १० हजार डलरभन्दा बढी नगद बोकेमा उक्त रकम जफत हुनसक्ने साथै जरिवाना र पक्राउसमेत हुनसक्ने सीबीपीले जनाएको छ । अमेरिका आउँदा वा अमेरिकाबाहिर जाँदा यात्रुले कति रकम नगदमा बोक्न सक्छन् भन्नेबारे अमेरिकाको कुनै सीमा छैन, यद्यपि पैसा जफत हुनबाट बच्न यसलाई रिपोर्ट गर्नु र उचित कागजी पकृया पूरागर्नु सधैं उत्तम हुन्छ।

अमेरिका प्रवेश गर्ने अन्तर्राष्ट्रिय यात्रुहरूले १० हजार डलरभन्दा बढी नगद वा उक्त मूल्यको सामान ल्याएमा सीबीपीको घोषणा फर्म र फिनसेन फर्म १०५ भनिने वित्तीय अपराध प्रवर्तन नेटवर्कको फर्म भर्नुपर्छ । अमेरिकाबाट बाहिर जाँदा पनि १० हजार डलरभन्दा बढी नगद लैजानेहरुले वित्तीय अपराध प्रवर्तन नेटवर्कको फर्म भर्नुपर्छ । यो फर्म सीबीपी अफिसरसँग कागजी फर्म मागेर वा यात्रा अगाडि नै अनलाइनमार्फत पनि भर्न सकिन्छ ।

धेरै अन्य देशहरूमा पनि यस्ता रिपोर्टिङ आवश्यकताहरू छन्। उदाहरणका लागि, यदि तपाईं १० हजार यूरो वा सोभन्दा बढी नगद बोकेर युरोपियन युनियन अन्तरगतका देशमा आवतजावत गर्दै हुनुहुन्छ भने पनि ती देशहरुमा घोषणा गर्न आवश्यक छ। अन्य देशका सन्दर्भमा पनि तपाईंले भ्रमण गर्ने योजना बनाउनुभएको कुनै पनि देशका कानुनहरू बुझ्नुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेवार्क अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई प्रशोधन गर्दै सीबीपी अधिकारी । फोटो : जेम्स टूरटेलोटे

तपाईसँग भएका फरक फरक मुद्राको कुल योग १० हजार डलरभन्दा बढी भएमा पनि रिपोर्ट गर्नुपर्छ । उदाहरणका लागि, यदि तपाईंसँग ६ हजार डलर र ४ हजार युरो छ भने पनि रिपोर्ट गर्न आवश्यक छ, किनभने त्यो कुलमा १० हजार डलरभन्दा बढी छ। यदि तपाइँसँग ५ हजार डलर नगद र ६ हजार डलरको मनी अर्डर छ भने पनि रिपोर्ट गर्नुपर्छ ।

एउटै घरमा बस्ने परिवारका सदस्यहरूले सामूहिक रूपमा १० हजार डलरभन्दा बढी बोकेका छन् भने पनि घोषणा गर्नुपर्छ। यदि तपाईं र तपाईंको श्रीमतीले प्रत्येकले ६६ हजार डलर बोक्नुभएको छ भने पनि त्यो रिपोर्ट गर्न आवश्यक छ।

यदि तपाईं सीमाको नजिक हुनुहुन्छ भने पकेटमा भएको थोरै रकम पनि महत्त्वपूर्ण हुन्छ । मानौं तपाईसँग ठ्याक्कै १० हजार डलर छ भने त्यो सिमाभन्दा बढी होइन तर तपाईको पकेटमा कतै अरु ५ डलर छ भने त्यो सिमाभन्दा माथि पुगेकाले रिपोर्ट गर्नुपर्छ ।

मुद्रा आयात र निर्यातमा अमेरिकाको संघीय कानून कडा छ। यदि तपाइँ जानीजानी वा अनजानमा कानून उल्लङ्घन गर्नुहुन्छ भने तपाइँको रकम जफत हुन सक्छ। यदि त्यो पैसाको स्रोत पूर्ण रूपमा कानूनी भएतापनि जफत भएको रकम फिर्ता पाउन अत्यन्तै गाह्रो हुन सक्छ।

सिभिल जफतले कानून प्रवर्तनलाई अवैध गतिविधिमा संलग्न भएको शंका गरेको कुनै पनि पैसा वा सम्पत्ति जफत गर्न र राख्न अनुमति दिन्छ। रकमका मालिकलाई अपराधको लागि दोषी ठहराउन वा कानून प्रवर्तनको लागि पक्राउ गर्न आवश्यक छैन।

सन् २००० देखि २०१६ सम्मको रिपोर्ट हेर्दा अमेरिकी अधिकारीहरुले ३० हजार भन्दा बढी व्यक्तिबाट २ बिलियन डलरभन्दा बढी जफत गरेका थिए । उनीहरुमध्ये अधिकांशले १० हजार डलरभन्दा बढी नगद रिपोर्ट नगरेका कारणले नै जफत गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com