ग्रिनकार्डहुनेका दम्पत्ति र बच्चाको भिसा प्रतिक्षा अवधि ३ महिना कम, अर्को महिना ६ महिना घट्नसक्ने


प्रकाशित मिति : फाल्गुन २८, २०८० सोमबार

अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सबाट प्रकाशित अप्रिलको भिसा बुलेटिनले ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुका अनुहारमा थोरै चमक ल्याएको छ । अब अमेरिकाबाहिर हुने ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुले दूतावासमा भिसा अन्तरवार्ताका लागि प्रतिक्षा गर्नुपर्ने अवधि झण्डै ३ बर्ष ६ महिनामा झरेको छ । अर्थात् सन् २०२० को सेप्टेम्बर ८ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले आगामी अप्रिलमा आप्रवासी भिसाका लागि अन्तरवार्ताको मिति पाउन सक्नेछन् । जनवरीमा यो अवधि झण्डै ४ बर्ष २ महिना रहेकोमा फेब्रुअरीमा झण्डै ४ बर्ष र मार्चमा ३ बर्ष ८ महिनामा झरेको थियो ।

अमेरिकी नागरिकका विवाहित छोराछोरीहरुले दूतावासमा भिसा अन्तरवार्ताका लागि प्रतिक्षा गर्नुपर्ने अवधि भने मार्चको तुलनामा अप्रिलमा टसमस भएको छैन । पनि मार्चमा झण्डै ५ महिना कम भएको छ । अर्थात् १ अक्टोबर २००९ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले अब मार्चमा आप्रवासी भिसाका लागि अन्तरवार्ताको मिति पाउन सक्नेछन् । फेब्रुअरीमा २२ अप्रिल २००९ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुलेमात्र भिसा अन्तरवार्ता पाउन सफल भएका थिए ।

परिवारमा आधारित अरु कुनै पनि श्रेणीमा ग्रिनकार्ड वा आप्रवासी भिसा पाउन लाग्ने अवधि टसमस भएको छैन । अप्रिलमा अमेरिकी नागरिकका २१ बर्ष काटेका अविवाहित छोराछोरीहरुले भिसा पाउन ८ फेब्रुअरी २०१५ भन्दा अगाडि प्राथमिकता मिति भएको हुनुपर्छ भने ग्रिनकार्डवाहकका विवाहित छोराछोरीहरुका सन्दर्भमा २२ नोभेम्बर २०१५ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले अब अप्रिलमा आप्रवासी भिसाका लागि अन्तरवार्ताको मिति पाउन सक्नेछन् । अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीका सन्दर्भमा ८ जुन २००७ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले अप्रिलमा आप्रवासी भिसाका लागि अन्तरवार्ताको मिति पाउन सक्नेछन् ।

अमेरिकाभित्रै हुनेहरुका सन्दर्भमा ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुका लागि गत अगस्तसम्म ग्रिनकार्ड फाइल गर्ने मिति करेन्ट रहदै आएकोमा सेप्टेम्बरदेखि भने करेन्ट छैन । अथात् सेप्टेम्बरदेखि अमेरिकाभित्रै हुने ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुले आई १३० पिटिसन र ग्रिनकार्ड आवेदन आई ४८५ एकसाथ फाइल गर्न पाउँदैनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सेप्टेम्बर १, २०२३ को प्राथमिकता मितिमा अहिलेसम्म टसमस नभएकाले सेप्टेम्बर १ पछि आई १३० पिटिसन दिएकाहरुले उक्त पिटिसन विचाराधिन भएकै अवस्थामा अहिलेसम्म पनि ग्रिनकार्ड आवेदन आई ४८५ आवेदन दिन पाएका छैनन् । जसले गर्दा उनीहरुलाई आफ्नो भिसा वा अध्यागमन स्टाटस जोगाउने झन्झट भएको छ । सेप्टेम्बर १ अगाडि आई १३० पिटिसन दिएकाहरुले भने सेप्टेम्बरदेखि नै ग्रिनकार्ड आवेदन आई ४८५ पेश गर्न पाइरहेका छन् । आई ४८५ पेश गरिसकेपछि भिसा वा अध्यागमन स्टाटस जोगाउने झन्झट नहुनसक्छ । अमेरिकाभित्र हुने परिवारमा आधारित अन्य श्रेणीका ग्रिनकार्डका लागि पनि ग्रिनकार्ड फाइल गर्ने प्राथमिकता मिति मार्चको तुलनामा अप्रिलमा टसमस भएको छैन ।

यसैबीच अप्रिलको भिसा बुलेटिनमा परिवारमा आधारित ग्रिनकार्डका सन्दर्भमा भिसा उपलब्धता मितिबारे पूर्वानुमान समेत गरिएको छ । जस अनुशार अमेरिकी नागरिकका २१ बर्ष काटेका अविवाहित छोराछोरीहरुका सन्दर्भमा तीनमहिनासम्म, ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुका सन्दर्भमा ६ महिनासम्म, ग्रिनकार्डवाहकका २१ बर्ष काटेका अविवाहित छोराछोरीका सन्दर्भमा १० हप्तासम्म, अमेरिकी नागरिकका विवाहित छोराछोरीहरुका सन्दर्भमा केही महिनासम्म र अमेरिकी नागरिकका दाजु भाई दिदीबहिनीहरुका सन्दर्भमा ४ हप्तासम्म भिसा पाउन लाग्ने अवधिमा कमी आउनसक्ने भिसा बुलेटिनमा अनुमान गरिएको छ । यो क्रम आर्थिक बर्ष २०२४ को तेश्रो वा चौथो क्वार्टरसम्म पनि जान सक्नेछ । रोजगारमा आधारित ग्रिनकार्डका सन्दर्भमा भने अर्को महिना कममात्र टसमस हुने देखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com