रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड अप्रिलमा पनि करेन्ट, अन्य श्रेणीमा सकारात्मक हलचल


प्रकाशित मिति : फाल्गुन २८, २०८० सोमबार

रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड अप्रिलमा पनि करेन्ट हुने भएको छ । सेप्टेम्बरसम्म रोजगारमा आधारित कुनै पनि श्रेणीको ग्रिनकार्ड करेन्ट नभएकोमा त्यसपछि रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड करेन्ट हुँदै आएको छ । अर्थात् अप्रिलमा पनि पहिलो श्रेणीको आवेदन आई १४० का साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न पाइने भएको छ ।

अप्रिलका लागि पनि युएससीआईएसले भिसा बुलेटिनको फाइनल एक्सन डेटलाई आधार मानेकाले अमेरिकाभित्रै हुनेहरुका सन्दर्भमा रोजगारमा आधारित अन्य श्रेणीको ग्रिनकार्ड कुरिरहेकाहरु निराश नै छन् । यद्यपी फाइनल एक्सन डेटमा मार्चको तुलनामा सकारात्मक हलचल आएको छ । मार्च अगाडि युएससीआईएसले भिसा बुलेटिनको फाइलिङ डेटलाई आधारमान्दै आएको थियो ।

रोजगारमा आधारित दोश्रो र तेश्रो श्रेणीको ग्रिनकार्डका लागि फेब्रुअरीमा आई ४८५ ग्रिनकार्ड आवेदन फाइल गर्न पाइने प्राथमिकता मिति क्रमशः १५ फेब्रुअरी २०२३ र १ फेब्रुअरी २०२३ रहेकोमा अब मार्चमा २२ नोभेम्बर २०२२ र ८ सेप्टेम्बर २०२२ भएको थियो भने अप्रिलमा थोरै हलचल भएर १५ जनवरी २०२३ र २२ नोभेम्बर २०२२ भएको छ । अर्थात् ग्रिनकार्ड आवेदन फाइल गर्नका लागि प्रतिक्षा फेब्रुअरीको तुलनामा मार्च र अप्रिल दुबैमा बढेको छ ।

अप्रिलमा रोजागारमा आधारित ग्रिनकार्ड आई ४८५ आवेदन दिने प्राथमिकता मितिहरु

रोजगारमा आधारित तेश्रो श्रेणीको अनस्कील्ड अन्य कामदारका सन्दर्भमा पनि ग्रिनकार्ड आवेदन फाइल गर्नका लागि प्राथमिकता मिति अप्रिलमा एकमहिना सरेको छ । फेब्रुअरीमा १५ डिसेम्बर २०२० भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले ग्रिनकार्ड फाइल गर्न सक्ने भएतापनि मार्चका लागि ८ सेप्टेम्बर २०२० भन्दा अगाडिमात्र प्राथमिकता मिति भएकाहरुले र अप्रिलका लागि ८ अक्टोबर २०२० भन्दा अगाडिमात्र प्राथमिकता मिति भएकाहरुले ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न पाउनेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आई १४० विचाराधिन रहेको अवस्थामा आवेदकले आई ४८५ फाइल गरिसकेपछि आवेदन विचाराधिन रहँदासम्म वर्क परमिट प्राप्त गर्न, सोसल सेक्युरिटी नम्बर प्राप्त गर्न र एड्भान्स परोलमा अमेरिकाबाहिर यात्रा गर्न समेत सकिन्छ । तर यसबारे निर्णय गर्नु अगाडि आफ्नो केसको प्रकृतिबारे लाइसेन्सप्राप्त कानुन व्यवसायीसँग सल्लाह लिनुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com