अमेरिकामा २३ घण्टाको मार्च १०, गएराती बजेन २, घडी मिलाउनुभयो त ?


प्रकाशित मिति : फाल्गुन २७, २०८० आईतबार

white and brown analog wall clock at 10 00

तपाईले आज घडी मिलाउन विर्सनुभएको त छैन ? अमेरिकामा आज विहान अर्थात् गएराती १ घण्टा समय कम भएको छ । अर्थात् पूर्वीय समय अनुशार आज विहान १ बजेर ५९ मिनेट गइसकेपछि २ बजेन, एकैचोटी ३ बज्यो ।

तपाईको घडी इन्टरनेटसँग जोडिएको छ भने तपाईले घडी मिलाउनु पर्दैन । अर्थात मोवाइल, ल्यापटप, आइप्याड लगायतका उपकरणमा भएका घडीहरुमा अटोमेटिक समय आफै मिलिसकेको छ । तर तपाईले हातमा लगाउने घडी वा भित्ता वा टेबुलमा रहेको घडी म्यानुअल छ भने चाँही समय मिलाउनुपर्छ ।

१ घण्टा समय घटेकाले १० मार्च २३ घण्टाको भएको छ । आजदेखि डे लाइट सेभिंग सुरु भएकाले समय घटेको हो । यसको अन्त्य आगामी नोभेम्बर ३ मा हुनेछ । अर्थात् नोभेम्बर ३, २०२४ भने २५ घण्टाको हुनेछ ।

आज जसजसले राती १० बजे सुतेर विहान ६ बजे उठ्ने योजना बनाउनुभएको थियो, उहाँहरुले जम्मा ७ घण्टामात्र सुत्न पाउनुभयो । तर नोभेम्बर ३ मा भने यही समयमा सुत्नेले ८ घण्टा होइन, ९ घण्टा सुत्न पाउनुहुनेछ । रातीमा काम गर्नेहरुका लागि भने गएराती सहज भएको हुनसक्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

round black and white analog alarm clock

अमेरिकाले दोस्रो विश्वयुद्धको अधिकांश समयमा डेलाइट सेभिङ टाइमलाई स्थायी राखेको हो । इन्धन बचत गर्न र चीजहरू मानक राख्नको लागि डेलाइट सेभिङ राखिएको थियो। सन् १९४५ मा युद्ध समाप्त भएपछि ग्यालपले उत्तरदाताहरूलाई हामीले कसरी समय बताउनुपर्छ भनेर सोध्दा केवल १७ प्रतिशतले त्यसबेला युद्ध समय भनिने कुरालाई सबै वर्षमा राख्न चाहन्थे।

सन् १९७० को दशककोको ऊर्जा संकटको समयमा सन् १९७३ देखि १९७४ को हिउदमा स्थायी डेलाइट सेभिङ टाइम पुन प्रयास गरिएको थियो । त्यतीबेला पनि फेरि इन्धन बचत गर्ने विचार आयो। जनवरी १९७४ मा राष्ट्रपति रिचर्ड निक्सनले कानूनमा हस्ताक्षर गर्दा यो एक लोकप्रिय चाल थियो। तर महिनाको अन्त्यमा फ्लोरिडाका गभर्नरले अन्धकारमा आठ स्कूलका बच्चाहरूलाई कारले ठक्कर दिएपछि कानून खारेज गर्न आह्वान गरेका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com