स्टेट अफ द युनियन सम्बोधनमा कागजातविहीनलाई ‘अवैध’ भनेकोमा बाइडेनको पछुतो


प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार

WASHINGTON, DC – MARCH 07: U.S. President Joe Biden delivers the State of the Union address during a joint meeting of Congress in the House chamber at the U.S. Capitol on March 07, 2024 in Washington, DC. This is Biden’s last State of the Union address before the general election this coming November. Biden was joined by Vice President Kamala Harris and Speaker of the House Mike Johnson (R-LA). Chip Somodevilla/Getty Images/AFP (Photo by CHIP SOMODEVILLA / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)

राष्ट्रपति जोन बाइडेनले जर्जियामा २२ वर्षीया नर्सिङ विद्यार्थीको हत्यामा अभियोग लगाइएका कागजातविहीन आप्रवासीलाई वर्णन गर्न अवैध शब्द प्रयोग गरेकोमा शनिबार पछुतो व्यक्त गरेका छन् । आफूले स्टेट अफ द युनियन सम्बोधनमा प्रयोग गरेको यो शब्द अनुचित भएकोमा उनी प्रगतिशील आलोचकहरूसँग सहमत भएका थिए ।

बाइडेनले बिहीबार राति आफ्नो स्टेट अफ द युनियन सम्बोधनका क्रममा स्क्रीप्टभन्दा बाहिर गएर रिपब्लिकनहरूसँगको कुराकानीको क्रममा उक्त शब्द प्रयोग गरेका थिए । त्यसपछि उनको आलोचना भएको थियो । उनले आप्रवासीहरुलाई सम्बोधन गर्न अवैध शब्द प्रयोग गर्न नहुने धेरै डेमोक्रेटिक सांसदहरुको विचार थियो । बाइडेनले शनिबार भने मैले अवैध शब्द प्रयोग गर्नु हुँदैन थियो, यो कागजपत्रविहीन हो ।

शुक्रबार पत्रकारहरूले पहिलो पटक यस विषयमा सोध्दा भने राष्ट्रपतिको जवाफ स्पष्ट थिएन । जर्जियामा हत्यामा अभियोग लगाइएका आप्रवासी प्राविधिक रूपमा अमेरिकामा हुन नहुने भनेर उल्लेख गर्दै उनले स्पष्ट रूपमा अवैध शब्द फिर्ता लिएका थिएनन् ।

 

राष्ट्रपतिको शब्दको प्रयोग बिहीबार राति आएको थियो जब उनले रिपब्लिकन नेताहरूलाई सीमा सुरक्षालाई कडा बनाउन द्विपक्षीय सम्झौता नरोक्न दबाब दिइरहेका थिए। बाइडेन प्रशासनको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले कागजपत्रविहीन आप्रवासीहरुलाई अवैध शब्द प्रयोग नगर्ने गरी नीति संसोधन गरेको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com