प्रेमिकालाई न्युयोर्कको ट्रेनको लिकमा धकेल्ने व्यक्ति पक्राउ, महिलाको दुबै खुट्टा काटियो


प्रकाशित मिति : फाल्गुन २७, २०८० आईतबार

NYPD white and blue NYPD SUV

प्रेमिकालाई शनिबार न्युयोर्कको ट्रेनको लिकमा धेकेलेको अभियोगमा प्रहरीले ३५ बर्षीय क्रिश्चियन वाल्डेजलाई पक्राउ गरेको छ । वाल्डेजविरुद्ध हत्याको प्रयास र हमलाको अभियोग लगाइएको छ ।

न्युयोर्कको म्यानहट्नमा फुल्टन स्ट्रीट स्टेशनमा वाल्डेजले लिकमा धकेलेपछि शनिबार एक २९ वर्षीया महिलाको दुवै खुट्टा काटिएको थियो । आउदै गरेको ट्रेनले ठक्कर दिएपछि महिलाको खुट्टा काटिएको थियो ।

महिला र उनको प्रेमीले विहान करिब साढे १० बजे ट्रेन स्टेशनमा झगडा गरिरहेका थिए । विवाद बढ्पछि प्रेमीले प्रेमिकालाई ट्र्याकमा धकेलेको जनाइएको छ ।

उनलाई फुल्टन स्ट्रिट स्टेशनको दक्षिणतर्फको ट्र्याकमा धकेल्दा ३ नम्बर ट्रेन नजिकै आइपुगेको थियो। त्यसपछि महिलालाई ट्रेनले ठक्कर दिएको थियो ।

महिलालाई गम्भीर अवस्थामा बेल्लेभ्यु अस्पताल लगिएको थियो । ट्रेनको ठक्करका कारण महिलाले आफ्ना दुवै खुट्टा गुमाएको अधिकारीहरुले पुष्टी गरेका छन् ।

प्रहरीले घटनाको अनुसन्धान गर्दा केही घण्टासम्म रेल सेवा प्रभावित भएको थियो। केहीबेरको अवरोधपछि नम्बर ३ ट्रेन सुचारु भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com