न्युयोर्कको म्यानहटनमा प्रेमीले ट्रेनको लिकमा धकेलेपछि २९ वर्षीया महिलाले गुमाइन् दुबै खुट्टा


प्रकाशित मिति : फाल्गुन २६, २०८० शनिबार

न्युयोर्कको म्यानहट्नमा ट्रेन स्टेशनको लिकमा धकेलिएपछि शनिबार एक २९ वर्षीया महिलाको दुवै खुट्टा काटिएको प्रहरीले जनाएको छ । ती महिलाका प्रेमीले उनलाई ट्रेनको लिका धकेल्दा ट्रेनले ठक्कर दिएपछि महिलाको खुट्टा काटिएको थियो ।

महिला र उनको प्रेमीले विहान करिब साढे १० बजे फाइनान्सियल डिस्ट्रिक्ट स्टेशनको प्लेटफर्ममा झगडा गरिरहेका थिए । विवाद बढ्पछि प्रेमीले प्रेमिकालाई ट्र्याकमा धकेलेको जनाइएको छ ।

उनलाई फुल्टन स्ट्रिट स्टेशनको दक्षिणतर्फको ट्र्याकमा धकेल्दा ३ नम्बर ट्रेन नजिकै आइपुगेको थियो। त्यसपछि महिलालाई ट्रेनले ठक्कर दिएको थियो ।

मेडिक्स टिमले महिलालाई गम्भीर अवस्थामा बेल्लेभ्यु अस्पताल पुर्‍याएका थिए । ट्रेनको ठक्करका कारण महिलाले आफ्ना दुवै खुट्टा गुमाएको अधिकारीहरुले पुष्टी गरेका छन् ।

निलो शर्ट, निलो जिन्स र गाढा रंगको ज्याकेट लगाएको अभियुक्त स्टेशनबाट भागेको जनाइएको छ । प्रहरीले भिडियो प्रमाण जुटाउनका लागि अनुसन्धान गरिरहेको छ ।

प्रहरीले घटनाको अनुसन्धान गर्दा केही घण्टासम्म रेल सेवा प्रभावित भएको थियो। केहीबेरको अवरोधपछि नम्बर ३ ट्रेन सुचारु भएको थियो ।

उक्त घटनाको केही समयपछि शनिबार बिहान करिब साढे ११ बजे मिडटाउनको सेभेन्थ एभिन्यू र वेस्ट ५३ औं स्ट्रीटमा ट्रेनले ठक्कर दिँदा एक अपरिचित व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ। ती व्यक्तिले ट्र्याकमा हाम फालेको प्रत्यक्षदर्शीहरूले अधिकारीहरूलाई बताएका थिए । प्रहरीले यी दुई घटना आपसमा सम्बन्धित भएको विश्वास गरेको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com