Follow @khasokhasmag

नेपाली पपसम्राट बिष्ट न्युयोर्कको अस्पतालमा, सहयोगको अपिल


प्रकाशित मिति : भाद्र १०, २०७४ शनिबार

दुबै मृगौला खराब भएका न्युयोर्कको अस्पतालमा उपचाररत नेपाली पपसम्राट रुपमा परिचित चर्चित नेपाली गायक ओमबिक्रम बिष्टलाई बचाउन आर्थिक संकलन अभियान संचालन गरिएको छ । न्युयोर्कको अस्पतालमा डायलोसिसमा रहनुभएका बिष्टको मृगौला प्रत्यारोपणका लागि दाताको खोजी भइरहेको छ ।

बिष्टको जीवन बचाउन गोफण्डमीमार्फत आर्थिक संकलन अभियान चलाइएको छ । १० हजार डलरको लक्ष्य सहित मदन पाठकले गोफण्डमीमा संचालन गर्नुभएको आर्थिक संकलन अभियानमा शनिबार दिउसोसम्म १७४१ डलर संकलन भइरहेको छ । बिष्ट म मौनतामा, हर साँझ, पहिलो पहिलो लगायतका चर्चित गीतका गायक हुनुहुन्छ ।

गोफण्डमीमार्फत सहयोग गर्न यहाँ क्लिक गर्नुहोला ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले सबैलाई सहयोगको लागि अपिल गर्नुभएको छ । उहाँले भन्नुभयो – ‘नेपालको पपसम्राट संकटको अवस्थामा रहेका कारण सबैलाई सहयोग गर्न अपिल गर्दछु । कला, साहित्य, सामाजिक क्षेत्रमा लागेका सबैलाई सहयोगका लागि अनुरोध गर्दछु ।’

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com