अमेरिकामा २ महिनाको शिशुको मृत्युपछि बाबुआमा रहर राई र चन्द्र मगर पक्राउ, १/१ लाख धरौटीमा जेलमा


प्रकाशित मिति : फाल्गुन २६, २०८० शनिबार

अमेरिकाको केन्टकी राज्यको लेक्जिङटनमा २ महिनामो बच्चाको मृत्यु प्रकरणमा बाबुआमा रहरमाया राई र चन्द्रबहादुर मगर पक्राउ परेका छन् । अनुहारमा धेरै चोटपटक सहित मृत फेला परेको २ महिनाको बच्चाका आमाबुवालाई बुधबार पक्राउ गरिएको अदालतका कागजातहरूमा जनाइएको छ । बच्चाको मृत्यु गतबर्षको जुनमा भएपनि बाबुआमालाई अहिले पक्राउ गरिएको हो ।

३१ वर्षीय राहर राई र ३४ वर्षीय चन्द्र मगरका लागि जारी पक्राउ पूर्जिमा गतबर्षको जुन २०२३ मा लेक्जिङट प्रहरी सेन्टर पार्कवेमा रहेको उनीहरुको अपार्टमेन्टमा पुग्दा मृत २ महिनाको शिशु फेला परेको उल्लेख छ । शिशुको अनुहार र खुट्टामा गहिरो टोकेको निशानहरू भेटिएका थिए जुन निको हुने विभिन्न चरणहरूमा थिए। शिशुको खुट्टामा गहिरो टोकेको निशान थियो भने र खोपडी, आँखा र टाउकोमा आन्तरिक रक्तस्राव भएको थियो ।

पोस्टमार्टम रिपोर्टले बच्चालाई आन्तरिक रक्तस्राव भएको र धेरै आन्तरिक चोटहरू रहेको खुलासा गरेको थियो । बाह्य चोटहरु पनि विभिन्न चरणहरूका थिए । बच्चाको मृत्यु हुनुभन्दा एक साताअघि उनीहरुको अर्को ४ बर्षीय बच्चाले दुव्र्यवहार गरेको देखेको आमाले स्वीकार गरेको रिपोर्टमा उल्लेख छ । ४ बर्षीय अर्को बच्चाको दुव्र्यवहारबाट शिशुको मृत्यु भएको देखिएको छ । बाबुआमाले बच्चाको लागि चिकित्सा उपचार नखोजेको पनि कागजातमा उल्लेख छ । शिशुको आमाले शिशुका चोटपटक नदेखेको बताएकी थिइन् ।

बाबु बुबा चन्द्र मगरले बच्चासँगै घरमा दिनहुँ मदिरा सेवन गरेको स्वीकार गर्दै चोटपटक नदेखेको बयान दिएका थिए । राई र मगरलाई दोस्रो डिग्री आपराधिक दुर्व्यवहारको आरोपमा पक्राउ गरिएको हो । उनीहरूलाई दुबै जनालाई १ १ लाख डलर धरौटी तोकेर फेयेट काउन्टी डिटेन्सन सेन्टरमा राखिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनीहरुलाई विहिबार अदालतमा पेश गरिएको थियो । अदालतमा उनीहरुलाई नेपाली भाषा अनुवादकको सहयोगमा भर्चअल रुपमा पेश गरिएको थियो । बिहिबारको अदालती सुनुवाईमा दुबैजनाले अपराध अस्वीकार गरेका छन् । न्यायाधीशले उनीहरुविरुद्ध थप आरोपहरू आउन सक्ने बताएका छन् भने दम्पत्ति दुवैलाई एकअर्कालाई सम्पर्क नगर्न आदेश दिएका छन् ।

अर्को सुनुवाई मार्च १२ मंगलबारका लागि तोकिएको छ । त्यस्तै फोस्टर केयर सम्बन्धि अर्को मुद्दामा बाबुआमा दुबैका लागि मे २ का लागि सुनुवाई तोकिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com