दुबै मृगौला खराब भएका न्युयोर्कको अस्पतालमा उपचाररत नेपाली पपसम्राट रुपमा परिचित चर्चित नेपाली गायक ओमबिक्रम बिष्टलाई बचाउन आर्थिक संकलन अभियान संचालन गरिएको छ । न्युयोर्कको अस्पतालमा डायलोसिसमा रहनुभएका बिष्टको मृगौला प्रत्यारोपणका लागि दाताको खोजी भइरहेको छ ।
बिष्टको जीवन बचाउन गोफण्डमीमार्फत आर्थिक संकलन अभियान चलाइएको छ । १० हजार डलरको लक्ष्य सहित मदन पाठकले गोफण्डमीमा संचालन गर्नुभएको आर्थिक संकलन अभियानमा शनिबार दिउसोसम्म १७४१ डलर संकलन भइरहेको छ । बिष्ट म मौनतामा, हर साँझ, पहिलो पहिलो लगायतका चर्चित गीतका गायक हुनुहुन्छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।