बाइडेनको संसदलाई प्रस्ताव: पहिलो पटक घर किन्नेलाई १० हजार क्रेडिट, २५ हजार अनुदान


प्रकाशित मिति : फाल्गुन २५, २०८० शुक्रबार

gray wooden house

अमेरिकी राष्ट्रपति जो बाइडेने अमेरिकामा पहिलो पटक घर खरीद गर्नेहरूका लागि १० हजार डलरको ट्याक्स क्रेडिट दिने प्रस्ताव घोषणा गरेका छन् । बिहिबार स्टेट अफ द युनियन सम्बोधनका क्रममा बाइडेनले पहिलोपटक घर खरिद गर्नेहरुका लागि मासिक ४ सय डलरका दरले २ बर्षसम्म क्रेडिट दिने प्रस्ताव ल्याएका हुन् ।

धेरै अमेरिकीहरूका लागि घरको स्वामित्व भनेको परिवार हुर्काउने, सम्पत्ति निर्माण गर्ने र मध्यम वर्गमा सामेल हुने आधारशिला भएको उल्लेख गर्दै ह्वाइट हाउसले एक विज्ञप्तिमा काम गर्ने परिवारहरूले घरको स्वामित्वबाट बाहिर रहेको महसुस गरिरहेको तथा लगानीकर्ताहरूसँग प्रतिस्पर्धा गर्न असमर्थ रहेको बताएको छ । बाइडेनले यो कर क्रेडिट मध्यम वर्गलाई दिने कानून बनाउन संसदलाई आह्वान गरेका छन् । यो ब्याज दर १ दशमलव ५ प्रतिशत अंकले घटाउने बराबर हुनेछ।

राष्ट्रपति जो बाइडेन स्टेट अफ द युनियन सम्बोधनमा बोल्दै । मार्क स्किफेलबेन / एपी फोटो

त्यस्तै बाइडेनको प्रस्तावमा आवासका लागि घरमा बस्नेहरुलाई घर बेच्ने बिक्रेताहरुलाई पनि १० हजार डलरको क्रेडिट दिने उल्लेख गरिएको छ । तर रियल स्टेटका लगानाीकर्ताहरुलाई घर बेचेको खण्डमा भने त्यस्तो क्रेडिट प्राप्त हुनेछैन । बिक्रेताले आफ्नो प्राथमिक निवासको रुपमा रहेको घर बिक्री गरिरहेको हुनुपर्छ भने घर खरिदकर्ताले घरलाई आफ्नो प्राथमिक निवास बनाउनुपर्छ ।


राष्ट्रपति जो बाइडेन स्टेट अफ द युनियन सम्बोधन गरेपछि हाउस स्पीकर माइक जोन्सन र उपराष्ट्रपति कमला ह्यारिसलाई अभिवादन गर्दै । फोटो:  शान थ्यू/ एपी मार्फत पूल

राष्ट्रपति संसदसमक्ष डाउनपेमेन्ट टुवर्ड इक्विटी ऐन पारित गर्न आह्वान गरेका छन् । पहिलो पुस्ताका घर खरीददारहरूको लागि डाउनपेमेन्ट सहायता कार्यक्रमले २५ हजार डलरसम्म नगद अनुदान दिन्छ। यो बिल मूल रूपमा २०२१/२०२२ को संसदमा पेश गरिएको थियो, त्यसपछि २०२३ मा पुन प्रस्तुत गरियो। हाल प्रतिनिधि सभामा यसका ४४ सहप्रायोजकहरू छन्। यससम्बन्धी विधेयक छिट्टै सिनेटमा पेश हुने अपेक्षा गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफ्नो स्टेट अफ द युनियन सम्बोधनमा राष्ट्रपति बाइडेनले टाइटल इन्स्योरेन्स हटाउनका लागि आह्वान गर्दै घर किन्दा क्लोजिङ लागतमा परिवर्तन गर्न पनि आह्वान गरेका छन् । सम्बोधन अगाडि बाइडेन प्रशासनले निश्चित पुनर्वित्तमा ऋणदाताको टाइटल बीमाको लागि आवश्यकताहरू माफ गर्ने पाइलट कार्यक्रम स्वीकृत गरेको थियो । घोषणा अनुसार यसले घरमालिकहरूको १५ सय डलरसम्म र औषतमा ७५० डलर बचत गर्नेछ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com