मिथिलामा महाशिवरात्रिको उल्लास


प्रकाशित मिति : फाल्गुन २५, २०८० शुक्रबार

जय शम्भो १ जय भोलेनाथ ११ एउटै वाणी, एउटै पुकारा । आज महाशिवरात्रि पर्वमा मधेसका प्राचीन मिथिलाक्षेत्रका शिवालय भक्तजनको जयजयकारले गुञ्जायमान छन् । महाशिवरात्रि पर्वका अवसरमा महोत्तरीका प्राचीन शिवालय जलेश्वरनाथ, टुटेश्वरनाथ, मङ्गलनाथ, सिद्धनाथसहितका मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।

जलेश्वरनाथ जलेश्वर–१, टुटेश्वरनाथ बर्दिबास–५, मङ्गलनाथ सोनमा–६ र सिद्धनाथ मन्दिर भङ्गाहा–५ मा पर्छन् । यी शिवालयमा गए रातिदेखि नै धार्मिक अनुष्ठान र मङ्गलगान हुँदैछ । शिवालय परिसरमा बिहीबार एक हजार आठ कन्याले पवित्र नदीबाट नयाँ माटोका घडामा भरेर ल्याएको पवित्र जलले सेचन गरिएको छ । तीन दिन उत्सवमय मनाइने महाशिवरात्रि पर्वमा धार्मिक मेला आयोजना गरिएका छन् । जताततै शिव महिमाका भजन गुञ्जिएका छन् ।

यसैगरी गेढाभेटपुरस्थित धष्णेश्वरनाथ, बर्दिबास–३ र मण्डलस्थित इन्द्रेश्वरनाथ, बर्दिबास–१४ को कामेश्वरनाथ र भङ्गाहाको सीतापुरस्थित सन्तानेश्वरनाथ महादेव मन्दिर परिसरमा हजारौँ सङ्ख्यामा दर्शनार्थी पुगेका छन् । बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको जलेश्वरनाथ मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठक बताउनुहुन्छ ।

मिथिलामा महाशिवरात्रि पर्व सम्पन्न गरिएलगत्तै १५ दिने मिथिला माध्यमिकी परिक्रमा प्रारम्भ हुन्छ । फागुन आँैशीका दिन धनुषाको ठेराकचुरीस्थित रामजानकी मठबाट अवधविहारी ९श्रीराम० को प्रतिमा राखिएको डोला बोकेर निस्कने साधुसन्त र श्रद्धालु भक्तजनको भीडमा जनकपुरधामस्थित अग्नीकुण्ड मठबाट किशोरीजी ९सीताजी० को प्रतिमा राखिएको डोला अघि लगाइन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो यात्रामा बाजागाजासाथ जानकी मन्दिर, राममन्दिर, जनक मन्दिर र जनकपुरस्थित पवित्र तलाउ गङ्गासागर र धनुषसागरको प्रदक्षिणा गर्दै धनुषाकै हनुमानगढीमा रात्रि बास गरिन्छ । यो बाससँगै मिथिला माध्यमिकी परिक्रमा फागुन शुक्लपक्षभरि प्राचीन मिथिलाका विभिन्न तीर्थस्थलको परिक्रमा गरेर जनकपुर नै पुगेर टुङ्ग्याइन्छ । यो माध्यमिकी यात्रा आइतबार सुरु हुँदैछ ।

मिथिला माध्यमिकी परिक्रमामा महोत्तरीको मटिहानीमा चौथो दिन यात्रीटोली पुग्ने परम्परा छ । पाँचौँ दिन जलेश्वर, छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनको बाससँगै महोत्तरीको यात्रा पूरा हुन्छ । त्यसैगरी धनुषामा पहिलो दिन हनुमानगढी, नवौँ दिन पर्वता, १०औँ दिन धनुषाधाम, ११औँ दिन सतोखर, १२औँ दिन औरही र अन्तिम १५औँ दिन जनकपुरको रङ्गशाला मैदानमा रात्रिबासको परम्परा छ । एक सय ३३ किलोमिटर वृत्तमा परिक्रमा गरिने यो धार्मिक यात्रामा मित्रराष्ट्र भारतको मधुवनी जिल्लामा चार रात्रिबास गरिन्छ ।

दोस्रो दिन कल्याणेश्वर ९कलना०, तेस्रो दिन फूलहर ९गिरिजास्थान०, १३औँ दिन करुणा र १४औँ दिन विसौल रात्रिबासको परम्परा छ । यस यात्रामा २६ किमी भारतमा र बाँकी नेपालका महोत्तरी र धनुषा जिल्लामा पर्दछन् । पहिलो मधेस प्रदेशसभाले नै प्रदेशको राजधानी जनकपुरधाम तोक्दा नेपालतर्फका परिक्रमा घेराभित्रका भूभाग समेटेर परिभाषित गरेको साहित्यकार डा राजेन्द्रप्रसाद विमल बताउनुहुन्छ ।

पूर्वमा कल्याणेश्वर, पश्चिममा जलेश्वरनाथ, उत्तरमा क्षीरेश्वरनाथ र दक्षिणमा सतोखरनाथ यस क्रममा प्रदक्षिणा गरिने शिवालय हुन् । महाशिवरात्रिको तयारीमा रहेका मैथिललगत्तै सुरु हुने मिथिला माध्यमिकी परिक्रमाका यात्रीको स्वागतका लागि पूर्व तयारी गर्दैछन् । मिथिला माध्यमिकी परिक्रमाका यात्रीलाई रात्रिबासमा स्थानीयले बासस्थान, भोजन, पानी, प्राथमिक स्वास्थ्योपचारको प्रबन्ध गर्ने चलन छ । महाशिवरात्रि र माध्यमिकी परिक्रमा आपसी द्वेष हटाउन, मानवीय सेवामा लाग्न उत्प्रेरित गर्ने पर्व मानिन्छन् । परिक्रमा समापनसँगै उल्लासको पर्व फागु मनाइन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com