चार हजार सुरक्षाकर्मी पाशुपत क्षेत्रमा परिचालन, व्यवस्थापनका लागि ४० लाख खर्च हुने


प्रकाशित मिति : फाल्गुन २४, २०८० बिहीबार

शिवरात्रीका लागि सजाईएको पशुपतिनाथ मन्दिर क्षेत्र । तस्बिरः हरिराम भेटुवाल/ रासस

पाशुपत क्षेत्रमा महाशिवरात्रि मेलाका लागि चार हजार ९४ सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिका लागि एकीकृत विशेष सुरक्षा योजना बनाइ आजैदेखि लागू गरेको बताउनुभयो ।

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले तीन चरणमा परिचालन हुने गरी ड्रोनसहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको जानकारी दिनुभयो । उनीहरु आज राति १० बजेदेखि फागुन २६ गतेसम्म सुरक्षार्थ खटिने छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय तथा जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त रुपमा उक्त सुरक्षा योजना बनाइ लागू गरेको उहाँले बताउनुभयो ।

शिवरात्रीको पूर्वसन्ध्यामा पसुपतिमा देखिएको रौनक । तस्बिरः नविन पौडेल / रासस

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीको नेतृत्वमा उक्त टोली खटिने छ । सो अवसरमा आपतकालीन उद्धार टोली र एम्बुलेन्स तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महाशिवरात्रिलाई गुठी संस्थानको ४० लाख विनियोजन

गुठी संस्थानले महाशिवरात्रि पर्व व्यवस्थापनका लागि रु ४० लाख खर्च हुने जनाएको छ । महाशिवरात्रि पर्वको तयारीबारे संस्थानको त्रिपुरेश्वरस्थित प्रधान कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा संस्थानका अध्यक्ष डा शिवराज पण्डितले गुठीको करिब रु १५ करोड बजेटमध्ये महाशिवरात्रिमा प्रत्येक वर्ष करिब ४० लाख खर्च हुने गरेको बताउनुभयो ।

“महाशिवरात्रि पर्वलगायत जात्रा पर्वमा संस्थानको वार्षिक बजेटको करिब २० प्रतिशत खर्च गर्ने र जनशक्ति पनि लगानी गरेको संस्थानको कामको प्रचारप्रसार हुन सकेन”, अध्यक्ष पण्डितले संस्कृति, परम्परा र सम्पदाको संरक्षण प्रवर्द्धनमा भूमिका खेल्दै आएको गुठी संस्थानले आन्तरिक स्रोतबाटै जात्रा पर्व व्यवस्थापनको कार्य गर्दै आएको बताउनुभयो ।

देशभरका राज गुठीअन्तर्गत करिब दुई हजार तीन सय गुठीमध्ये सात सय १७ देवस्थलहरुको साविक परम्परा बमोजिमका पर्व, पूजा, जात्रा, लगायतका धार्मिक तथा सांस्कृतिक कार्यको सञ्चालन व्यवस्थापनको जिम्मेवारी संस्थानले गर्दै आएको छ ।
उपत्यका बाहिरका विवाह पञ्चमी, राम नवमी, झुला पर्व, मिथिल्ला परिक्रमा, मनकामना पर्व, उपत्यकाभित्रका महाशिवरात्रि पर्व, रातो मच्छिन्द्रनाथ, सेतो मच्छिन्द्रनाथ, इन्द्रजात्रा, विस्केटजात्रा, हाडीगाउँको जात्रा, मङ्गामाईको जात्रा, गह्ेयश्वरीको जात्र, महास्ना पर्व, महाकाली जात्रा, चाँगु नारायणको जात्रा, राष्ट्रिय महत्वका जात्रा पर्व हुन् ।

महाशिवरात्रीको अवसरमा पशुपति दर्शनका लागि आएका साँधुसन्तहरू । तस्बिर : चन्द्रकला क्षेत्री / रासस

पर्वको तयारी

गुठी संस्थानले यस वर्षको महाशिवरात्रिको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । साधु सन्त महन्त, पुजारी, सुरक्षा निकाय पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा पशुपति क्षेत्रमा रहेका साधुसन्तका लागि ४९ हजार किलो र कालमोचन क्षेत्रमा रहेका साधु सन्तका लागि तीन हजार किलो दाउरा खरिद, उनीहरुको भोजनको प्रबन्ध तथा धुनीका लागि स्थान व्यवस्थापन लगायतका काम गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

महाशिवरात्रि पर्व सञ्चालन तथा व्यवस्थापनका लागि मूल समिति गठन गरी पशुपति क्षेत्रमा जनशक्ति खटाइएको छ । साधु, सन्त महन्तलाई शिवरात्रि अवधिभर विभिन्न स्थानमा धुनी ताप्ने दाउरा, भोजन, जलपानको व्यवस्था गरिएको संस्थानले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com