बुटवलको कपडा पसलमा काम गर्न जाँदा मानव तस्करको फन्दामा, भारतमा बिक्री


प्रकाशित मिति : फाल्गुन २४, २०८० बिहीबार

बुटवलको कपडा पसलमा काम गर्न गएकी एक महिला मानव तस्कर गिरोहको फन्दामा परेर भारतमा बेचिएकी छन् । पूर्वी नवलपरासीका जीवन भन्ने रिकमन राईले फेसबुकमार्फत चिनजान गरी बुटवलको कपडा पसलमा राम्रो आम्दानी हुने रोजगारीमा लगाइदिने प्रलोभन देखाएर ती महिलालाई भारतमा बेचेका हुन् ।

नेपाल प्रहरीको मावन बेचविखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालका अनुसार राईले उनलाई काठमाडौँ बोलाई वीरगञ्ज हुँदै भारतको मुजफ्फरपुरमा पु¥याइ बिक्री गरेका हुन् ।

पीडितलाई त्यहाँ बन्धक बनाइराखेको अवस्थामा वैदेशिक रोजगारीमा रहेका श्रीमान्सम्म जानकारी पुगेपछि उहाँको पहलमा महिलाको उद्धार गरिएको छ । त्यसपछि पीडितले मानव बेचविखन तथा ओसारपसार मुद्दामा जाहेरी दिएकी थिइन् । उहाँका जाहेरीका आधारमा राईमाथि अहिले मानव बेचविखन तथा ओसारपसार मुद्दामा प्रहरीले आवश्यक अनुसन्धान गरिरेहेको फुँयालले बताउनुभयो ।

उहाँले पीडितको घरको आर्थिक अवस्था कमजोर भएको थाहा पाएपछि राईले बुटवलमा मासिक रु ४० हजारदेखि ५० हजार तलब पाइने कपडा पसलमा काममा लगाइदिने प्रलोभन देखाइ गएको माघ ४ गते महिलालाई काठमाडौँबाट वीरगञ्ज लगेका जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसपछि उहाँले रक्सौल हुँदै भारत बिहारको मुजफ्फरपुरको खपडा भन्ने ठाउँमा पु¥याइ कथित मोर्डन फेसन ट्रेड मार्क नामक कम्पनीमा बुझाएको खुल्न आएको छ । राईले कम्पनीमा काम गर्न ७ दिने तालिम लिनुपर्छ भनी जाहेरवालाबाट सुरुमा १६ हजार लिएको खुल्न आएको हो ।

तालिम दिई सकेपश्चात कम्पनीमा लगानी गर्नुपर्छ भनी जाहेरवालाबाट कम्पनीमा लगानीको लागि जबरजस्ती एक लाख ८० हजारसमेत लिएको खुल्न लिएका छन् । बीमासमेत गर्न रकम चाहिन्छ भनेकोमा पीडित महिलाले इन्कार गरी नेपाल फर्काइदिन आग्रह गरेकी थिइन् ।

मनव तस्कर गिरोहले हामीले तिमीलाई जसरी ल्याएका हौँ, तिमीले पनि त्यसैगरी अन्य चार जना व्यक्तिहरु ल्यायौँ भने मात्र यहाँबाट पठाइदिन्छाँै भनी मोबाइल जफत गरी, बाहिर निस्कनसमेत नदिइ कम्पनीको होस्टलमा बन्धक बनाएका राखेका पीडित महिलाले प्रहरीसमक्ष बयान दिएकी छिन् ।

उक्त गिरोहले नेपालबाट आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई कम्पनीको काममा लगाइदिने प्रलोभनमा देखाइ लैजाने र त्यसरी लगिएका व्यक्तिलाई अन्य चार जना व्यक्ति खोजेर ल्याएमा कमिसन दिने भनी प्रलोभनमा पार्ने गरेको खुल्न आएको ।उक्त घटनामा अन्य व्यक्ति पनि संलग्न रहेको आशङ्कामा खोजतलास तथा थप अनुसन्धान भइरहेको ब्यूरोले जानकारी दिएको छ ।

फोटो: राजिव किलन श्रेष्ठ

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com