शालिन मृत्यु प्रकरण : अनुसन्धानमा प्रभाव पार्ने सामग्री सम्प्रेषण नगर्न चितवन प्रहरीको अनुरोध


प्रकाशित मिति : फाल्गुन १९, २०८० शनिबार

जिल्ला प्रहरी कार्यालयले चितवनले केही दिनअघि रत्ननगर नगरपालिका वडा नं १० मा रहेको एकता शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा शालिन पोखरेलको को मृत्यु घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको भन्दै अनुसन्धानमा प्रभाव पार्ने कुनै पनि विषयवस्तु सम्प्रेषण नगर्न आग्रह गरेको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले आज एक विज्ञप्ति जारी गर्दै अनुसन्धानका वैज्ञानिक परीक्षण प्रतिवेदनहरू हालसम्म प्राप्त नभएको अवस्थामा अनुसन्धानमा प्रभाव पर्ने गरी कुनै पनि विषयवस्तु सम्प्रेषण नगरीदिन आग्रह गर्नुभएको हो । विज्ञप्तिमा घटनाबारे गम्भीररूपमा अनुसन्धान भइरहेको पनि उल्लेख छ ।

“विद्यालयको होस्टलका अन्य साथीसहित बस्ने कोठाको सिलिङ पङ्खामा डोरीको पासो लगाई झुण्डी छात्राको मृत्यु भएको घटनाबारे जानकारी प्राप्त हुनासाथ तत्काल वरिष्ठ प्रहरी अधिकृतको कमाण्डमा घटनास्थल विशेषज्ञसहितको अनुसन्धान टोली घटनास्थलमा खटी घटनास्थल र मृतक शवको सुक्ष्म अवलोकन गरी प्रारम्भिक चरणका अनुसन्धानका काम सम्पन्न गरी हाल सो घटनाको गम्भीररूपमा थप अनुसन्धान भइरहेको छ”, विज्ञप्तिमा भनिएको छ ।

बालबालिकाको मृत्युजस्तो संवेदनशील विषयलाई अत्यन्त गम्भीर्यताका साथ लिई प्रचलित कानुनले निर्दिष्ट गरेबमोजिम नेपाल प्रहरीले आफ्नो पेसागत मूल्य, मान्यता, दक्षता र विवेक प्रयोग गरी अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । “घटनाबारे वैज्ञानिक प्रयोग तथा प्राविधिक विश्लेषणसमेतका आधारमा तथ्यपरक वस्तुनिष्ठ अनुसन्धान गरिने पीडित परिवार र सम्पूर्णमा विश्वास दिलाउँछौँ”, प्रहरीले भनेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीले घटनाको तथ्यपरक वस्तुनिष्ठ अनुसन्धान जारी रहेको अवस्थामा यसै घटनालाई लिई विभिन्न सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सम्प्रेषित विषयवस्तुप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएकोसमेत उल्लेख गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com