सरकारले पैसा दिदा पनि दक्षिण कोरियाका महिलाले बच्चा जन्माउन मानेनन ,जन्मदर निरन्तर घटदै


प्रकाशित मिति : फाल्गुन १६, २०८० बुधबार

दक्षिण कोरियाको जन्मदर घट्दै गएको छ । दक्षिण कोरियाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२३ मा देशको जन्मदर शून्य दशमलव ७२ प्रतिशतमा झरेको छ । २०२२ को जन्मदर शून्य दशमलव ७८ प्रतिशत र सन् २०२१ मा शून्य दशमलव ८१ प्रतिशत थियो । यो अबस्था कायम रहने हो भने सन् २१ सय सम्ममा दक्षिण कोरियाको आधा जनसङ्ख्या ६५ वर्षमाथिको हुने देखिएको छ ।

दक्षिण कोरियामा जन्मदर घट्ने क्रम यही गतिमा रहने हो भने अबको ५० वर्षमा काम गर्ने उमेरका मानिसको सङ्ख्या आधा हुने र सन् २१ सयसम्ममा जनसङ्ख्या नै आधा हुने भन्दै कोरियाली अधिकारीहरूले चिन्ता व्यक्त गरेका बिबिसीले जनाएको छ ।

हरेक वर्ष जन्मदर घटिरहेको दक्षिण कोरियामा सन् विकसित देशको जनसङ्ख्या स्थिर राख्न प्रतिमहिला जन्मदर २ दशमलव १ आवश्यक हुने विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओ ले जनाएको छ । कामको निरन्तर चक्रमा अड्किनुपर्दा आफूहरूसँग बच्चा जन्माउन पर्याप्त समय नभएको दक्षिण कोरियाका महिलाहरूले प्रतिक्रिया दिएका छन् ।

सन् २०२२ देखि दक्षिण कोरियाले बच्चा जन्मँदा आमालाई २० लाख कोरियाली वन अर्थात् १ हजार पाँच सय १० अमेरिकी डलर दिँदै आएको छ ।
१ वर्षसम्म प्रत्येक महिना ७ सय ५५ अमेरिकी डलर र दुई वर्षसम्म प्रत्येक महिना ३ सय ७७ अमेरिकी डलर दिने गर्छ ।

प्राथमिक विद्यालय पढ्ने बेलासम्म प्रत्येक महिना १ सय ५१ अमेरिकी डलर दिने गर्छ । यसरी बच्चा जन्माउने दम्पतीलाई दक्षिण कोरियाले झन्डै १३ लाख रुपैयाँ बराबर नगद भुक्तानी दिए पनि जन्मदर भने घटिरहेको तथ्याङहरुले देखाएका छन । एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com