रुसले मार्चबाट पेट्रोल निर्यातमा रोक लगाउने


प्रकाशित मिति : फाल्गुन १५, २०८० मंगलबार

रुसले पेट्रोल ग्यासोलिनको निर्यातमा रोक लगाएको छ । यो प्रतिबन्ध मार्च १ देखि लागू हुनेछ । स्थानीय स्तरमा उपभोक्ता र किसानहरूबाट ग्यासोलिनको माग बढिरहँदा यो घोषणा आएको हो ।

तेल प्रशोधन कम्पनीहरूले प्रशोधन केन्द्र मर्मत सम्भारको योजना बनाइरहेका छन् । यस्तोमा स्थानीय स्तरमा पेट्रोलको अभाव भएर मूल्य बढ्ने स्थिति टार्न यो कदम चालिएको हो । रुसी उपप्रधानमन्त्री आलेक्जान्डर नोभाककी प्रवक्ताले पनि प्रतिबन्धको पुष्टि गर्नुभएको छ ।

घरेलु स्तरमा ग्यासोलिनको मूल्य वृद्धि र अभावको स्थिति उत्पन्न भएपछि रुसले गएको वर्ष सेप्टेम्बरदेखि नोभेम्बरको बिचमा पनि यस्तै खालको प्रतिबन्ध लगाएको थियो । अहिलेको प्रतिबन्धमा बेलारुस, काजकस्तान, अर्मेनिया र क्रिगस्तानलाई छूट दिइएको छ । एजेन्सीहरु

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com