अफगानिस्तानका १ करोड ६० लाख मानिस खाद्य असुरक्षाको सामना गर्दै
प्रकाशित मिति : फाल्गुन १३, २०८० आईतबार
युद्धग्रस्त अफगानिस्तानमा कृषि क्षेत्रको विकास गर्न कुल २ दशमलव २ अर्ब अफगानी करिब ३० करोड अमेरिकी डलर विनियोजन गरिएको छ । कृषि, सिँचाइ र पशुधन मन्त्रालयले यसबारे जनाएको छ।
कृषि, सिँचाइ तथा पशुपक्षी कार्यवाहक मन्त्री मौलवी अत्तउल्लाह ओमारीको अध्यक्षतामा बसेको बैठकले गरिब मुलुकमा कृषिको विकास गर्ने प्रयासस्वरुप उक्त निर्णय गरेको बताइएको छ ।
देशमा कृषि उत्पादनको प्रवद्र्धनका लागि किसान, पशुपालन र कृषि व्यवसायलाई सहयोग गर्ने सरकारी स्वामित्वको वित्तीय संस्था कृषि विकास कोष एडिएफ को नवौं अधिवेशनले यस्तो निर्णय गरेको हो ।
सहायता एजेन्सीहरूका अनुसार अफगानिस्तानमा करिब १ करोड ६० लाख मानिसहरू खाद्य असुरक्षाको सामना गरिरहेका छन्। अफगानिस्तानलाई वार्षिक ६ दशमलव ५ मिलियन टन गहुँ आवश्यक पर्ने र यस वर्ष अहिलेसम्म ५० लाख टन गहुँको उत्पादन भएको बताइएको छ ।






