अमेरिकी ड्रोन खरिद गर्ने भारतको तयारी


प्रकाशित मिति : फाल्गुन १३, २०८० आईतबार

black and white drone flying in the sky during daytime

भारतले अमेरिकासंग ड्रोन खरिद गर्ने तयारी गरेको छ । अमेरिकी बिदेश मन्त्रालयले यसलाई पुष्टि गर्दै भारतसँगको ड्रोन सम्झौताले रणनीतिक प्रविधि साझेदारीलाई बढावा दिएको उल्लेख गरेको छ ।

भारतसँगको प्रस्तावित ड्रोन खरिदबिक्री सम्झौताप्रति अमेरिकाले सकारात्मक प्रतिक्रिया दिएपछि खबरहरु बाहिर आएका हुन । भारतले अमेरिकाको रक्षा उपकरण निर्माता कम्पनी जनरल एटोमिक्सबाट प्रेडेटर ड्रोन खरिद गर्ने बताइएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले उक्त सम्झौताले रणनीतिक प्रविधि साझेदारी र क्षेत्रीय सैन्य साझेदारीलाई पनि वृद्धि गर्ने जनाए । भारतीय समाचार संस्था एएनआईका अनुसार प्रवक्ता मिलरले पछिल्ला केही वर्षयता भारत र अमेरिकाबीच रक्षा साझेदारीमा महत्वपूर्ण वृद्धि देखिएको पनि जनाए ।

गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणका क्रममा दुई पक्षबीच ड्रोन खरिदबिक्री सम्झौताको घोषणा भएको थियो । एजेन्सीहरु

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com