न्युयोर्कको क्वीन्सका दुईवटा कलेजमा बमको धम्की, विद्यार्थीहरु कलेज छाड्न बाध्य


प्रकाशित मिति : फाल्गुन १०, २०८० बिहीबार

सिटी युनिभर्सिटी अफ न्युयोर्क अन्तरगतका दुई कलेजहरु बिहीबार दिउँसो विश्वसनीय बमको धम्कीपछि खाली गराइएको प्रहरीले जनाएको छ । योर्क र क्वीन्स कलेजमा आएको धम्कीपछि ती कलेजहरु खाली गराइएको हो । जमैका र फ्लशिंग नजिकका दुबै कलेजहरूमा दिउसो १२ बजेर ५० मिनेटमा इमेलबाट धम्की प्राप्त भएको थियो ।

प्रहरीको आपतकालीन सेवा इकाई क्याम्पसहरूमा पुगेपछि विद्यार्थीहरूलाई खाली गराउन भनिएको थियो । कलेजहरुमा कुनै पनि विष्फोटक पदार्थहरु फेला नपरेको जनाइएको छ । प्रहरीले दुबै कलेजहरु साढे २ बजेसम्म जाँच गरिसकेको थियो।

योर्क कलेज

तर दुबै कलेजहरूले अझै पनि विद्यार्थीहरूलाई क्याम्पसमा नफर्कन सुझाव दिएका थिए । क्वीन्स कलेजमा सबै कक्षाहरू पौने ३ बजेसम्म अनलाइन संचालन गरिएको विद्यार्थी र कर्मचारीहरूलाई जारी गरिएको सूचनामा जनाइएको थियो ।

सतर्कताका लागि क्याम्पस समुदायलाई दिनको बाँकी समयको लागि अनलाइनबाट काम गर्न र अनलाइन कक्षाहरूमा उपस्थित हुन सल्लाह दिइएको थियो । सबै कक्षा र सेवाहरू भोलि समय तालिकामा सुचारु हुनेछन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्वीन्स कलेज

योर्क कलेजमा अनलाइन कक्षाहरू दिउँसो सबा १ बजेबाट सुरु भएका थिए । सबै क्याम्पस भवनहरू बन्द गरिएको थियो । क्याम्पस बन्दले आजका परीक्षा पुनः तालिकाबद्ध गर्नुपरेको थियो ।

कलेका अधिकारीहरूलाई प्राप्त धम्की अज्ञात व्यक्तिबाट आएको थियो । त्यसैले बम नभएको सुनिश्चित गर्न सावधानी अपनाइएको प्रहरीको भनाई छ । क्वीन्स बरोका प्रेसिडेण्ट डोनोभान रिचर्ड्सले बमको धम्कीको निन्दा गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com