धार्मिक कार्यक्रममा भोजन गर्दा भारतमा ३०० जना बिरामी


प्रकाशित मिति : फाल्गुन ९, २०८० बुधबार

पश्चिमी राज्य महाराष्ट्रमा धार्मिक कार्यक्रममा खाना खाँदा महिला र बालबालिकासहित करिब ३०० जना बिरामी परेका छन् । घटना मङ्गलबार राति महाराष्ट्रको राजधानी मुम्बईबाट ४८६ किलोमिटर उत्तरपूर्वमा रहेको बुलढाना जिल्लाको सोमथाना गाउँमा जारी एक हप्ता लामो हिन्दु धार्मिक अनुष्ठानका क्रममा भएको हो।

त्यहाँ भोजन र प्रसाद ग्रहण गरेका थुप्रै व्यक्तिले बान्ता, पखाला, वाकवाकी र बेचैनी भएको बताएपछि उनीहरूलाई सरकारी स्वास्थ्य संस्थामा लगिएको थियो। अस्पतालमा शैयाको अभावका कारण अस्पतालको भवनबाहिरै खुल्ला ठाउँमा बिरामीको उपचार भइरहेको बताइएको छ ।

घटनास्थलबाट टेलिभिजनमा प्रशारण गरिएको भिडियो फुटेजमा जमिनमा लडिरहेका बिरामीहरूलाई अस्पतालबाहिर खुल्ला ठाउँमा रूखका हाँगाबाट डोरीमा बाँधिएका बोतलहरूबाट इन्ट्राभेनस फ्लुइड खुवाइँदै गरेको देखाइएको थियो।

जिल्ला कलेक्टर कार्यालयका स्थानीय सरकारी अधिकारीका अनुसार यो विषाक्त खानाको असर हो र अधिकांश बिरामीहरू डिस्चार्ज भइसकेका छन् र बाँकी रहेकालाई विभिन्न अस्पतालहरूमा निगरानीमा राखिएको छ । यसैबीच अधिकारीहरूले खाद्यान्नको नमूना सङ्कलन गरी परीक्षण र विश्लेषणका लागि पठाएका छन् । घटना बारे अनुसन्धान जारी छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com