न्युयोर्क सिटीमा ट्रेनको लिकमा मान्छेको खुट्टा भेटिएको घटना अपराधसँग सम्बन्धित नरहेको अनुमान


प्रकाशित मिति : फाल्गुन ८, २०८० मंगलबार

न्युयोर्क सिटीमा ट्रेनको लिकमा मानव खुट्टा भेटिएको घटना अपराधसँग सम्बन्धित नभएको अनुमान गरिएको छ । शनिबार ब्रोंक्समा ४ नम्बर ट्रेनको लिकमा मान्छेको खुट्टा भेटिएपछि त्यसबारे अनुसन्धन सुरु गरिएको थियो ।

उक्त खुट्टा दिउँसो १ बजेतिर १६७ औं र १७० औं स्ट्रीटको बीचमा फेला परेको थियो । एक रेल कन्डक्टरले बिहानको हिमआँधीपछि सफा गरिरहेका बेला लिकमा खुट्टा देखेका थिए । खुट्टा मेडिकल परीक्षकलाई हस्तान्तरण गरिएको थियो ।

उक्त मानव खुट्टा कैयन माइलसम्म घिसारिएर त्यहाँ आइपुगेको र धेरै दिनसम्म फेला नपरेको अधिकारीहरुको विश्वास रहेको छ । यो केही माइल टाढा केही दिन अघि रेलले ठक्कर दिएको व्यक्तिबाट अलग भएको खुट्टा रहेको अधिकारीहरुले विश्वास गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एक व्यक्तिको शव कम्तीमा ९ माइल टाढा तल्लो म्यानहटनको स्प्रिंग स्ट्रीट स्टेशनमा फेब्रुअरी १२ सोमबार ट्र्याकमा खसेको वा हाम फालेको अवस्थामा फेला परेको थियो ।

अनुसन्धानकर्ताहरूले उक्त मृत्युमा कुनै अपराधको आशंका गरेका थिएनन् तर प्रारम्भिक अनुसन्धानमा ती व्यक्तिको देब्रे खुट्टा फेला पार्न नसकेको प्रहरीले जनाएको थियो ।

ट्रेनले ब्रोन्क्सको १६७ औं स्ट्रीट स्टपसम्म ट्र्याकमा खुट्टा तानेको हुनसक्ने अधिकारीहरुको भनाई छ । अधिकारीहरुले यो एकै व्यक्तिको खुट्टा हो भनेर निश्चित रूपमा भन्न सकेका छैनन् । डीएनए र रगत परीक्षणले यो एउटै व्यक्तिको हो भनेर देखाउने उनीहरुको अनुमान छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com