नेपालीलाई भारतमा सिमकार्ड पाउन सजिलो बनाइयो , तर ३ महिना मात्रै चल्ने


प्रकाशित मिति : फाल्गुन ८, २०८० मंगलबार

नेपाली र भुटानीले मतदाता परिचयपत्र देखाएर पनि मोबाइलको सिमकार्ड पाउने व्यबस्था मिलाइएको भारत सरकारले जनाएको छ ।

सञ्चार मन्त्रालयअन्तर्गत दूरञ्चार विभागले भारत भ्रमणमा जाने नेपाल र भुटानका नागरिकहरूलाई मोबाइल सिम प्राप्त गर्न सहज हुने गरी विद्यमान केवाईसी निर्देशिकामा संशोधन गरेको त्यहाँको सरकारले बताएको छ । तर त्यस्ता सिमकार्डको वैधता ३ महिनाभन्दा बढी नहुने सञ्चार विभागले जनाएको छ ।

संशोधित निर्देशिकामा नेपाली र भुटानी नागरिकलाई जारी गरिएको सिमको वैधता उनीहरूलाई भारतमा रहन अनुमति दिइएको अधिकतम समयभन्दा बढी नहुने स्पष्ट पारिएको छ । नेपाली र भुटानीलाई भारतमा प्रवेशाज्ञा लिनु नपर्ने भएकाले नागरिकता, मतदाता परिचय पत्र वा सम्बन्धित देशका स्थानीय नियोगले जारी गर्ने अस्थायी प्रमाणपत्रका आधारमा पनि सिमकार्ड प्राप्त गर्ने व्यवस्था भारतले गरेको हो । तर आफ्नो मूल देशबाट भारत जाँदा मात्र यो व्यवस्था लागू हुनेछ।

अन्य देशबाट भारत जाने नेपाली र भुटानीले भने राहदानीको प्रतिलिपि अनिवार्यरुपमा देखाउनुपर्नेछ । यसअघि सन् २०१२ को निर्देशिकामा भारत भ्रमण गर्ने विदेशी पर्यटकले वैध भिसासहित राहदानीको प्रतिलिपि उपलब्ध गराउनुपर्ने व्यवस्था थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com