लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन हुदै , एशियाली देशका भिक्षु, धर्मगुरु, अनुयायीको सहभागीता रहने


प्रकाशित मिति : फाल्गुन ७, २०८० सोमबार

लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन हुने भएको छ । गौतमबुद्धले ४५ वर्षसम्म निरन्तर प्रदान गरेको ज्ञान एवं धर्म देशनाको संग्रहित ग्रन्थ त्रिपिटक हो । त्रिपिटक वाचनको यो तेस्रो श्रृङखला हो ।

सम्राट अशोकको पालामा दोस्रो शताब्दी ईशापूर्वमा लेखिएको विनय पिटक , अपि धम्म शुत्र पिटक, र शुत्त पिटक गरी तीन ग्रन्थलाई मिलाइ बनाइएको ग्रन्थलाई नै त्रिपिटक भनिन्छ । बुद्ध जन्मस्थल लुम्बिनीमा अखिल नेपाल भिक्षु महासंघको आयोजनामा फागुन २०, २१ र २२ गते लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक पाठ वाचन हुने भएको हो ।

उक्त कार्यक्रममा बुद्ध वचनको संग्रह त्रिपिटक अन्तर्गतका विनय पिटक, सुत्र पिटक र अभिधर्म पिटकको वाचन हुनेछ । आयोजकका अनुसार पर्यटन प्रर्वद्धन गर्ने र अन्तर्राष्ट्रियस्तरमै बुद्ध जन्मस्थललाई थप प्रचारप्रसार गर्ने उद्देश्यले बुद्ध जन्मस्थलमा तेस्रोपटक अन्तर्राष्ट्रिय त्रिपिटक पाठ हुन लागेको हो ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बौद्ध दर्शनमा त्रिपिटकको विशिष्ट महत्व रहेकाले लुम्बिनीमा हुने यस कार्यक्रमले बुद्ध दर्शन र लुम्बिनीको प्रवद्र्धनमा टेवा पुर्याउने बताउनु भयो । त्रिपिटक वाचनमा नेपाल, श्रीलंका, म्यान्मार, थाइल्याण्ड, भारत, जापान,कोरियालगायत एशियाली देशका भिक्षु, धर्मगुरु, अनुयायीको सहभागीता रहने छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्रिपिटक बौद्ध धर्मको मूल ग्रन्थ हो । हिनयान, महायानलगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले अवलम्बन गर्ने यो ग्रन्थमा बुद्धको उपदेश संग्रति छ । यो ग्रन्थ पाली भाषामा लेखिएको भएपनि धार्मिक प्रभाव अनुसार विभिन्न भाषामा अनुवाद गरिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com