नमुना बस्ती बन्दै द्रव्य शाहको पुरानो गाउँ


प्रकाशित मिति : भाद्र २३, २०७३ बिहीबार

ऐतिहासिक एवं पर्यटकीय गाउँका रूपमा चिनिएका पूर्वी लमजुङका रागिनासकोटमा अहिले स्थानीयवासी पुनःनिर्माण र होम स्टे सञ्चालनको तयारीमा जुटेका छन् । भूकम्प गएको झण्डै १६ महिना भइसक्दा पनि सरकारले पुनःनिर्माण अभियान सुस्त बनाइरहँदा रागिनासकोटका बासिन्दा भने गाउँमै सहयोग भित्र्याएर पुनःनिर्माणमा जुटेका हुन् । अमेरिकी नागरिक नातासाको नेतृत्वमा गाउँ पुनःनिर्माणको काम सुरु भएको हो ।

भूकम्पले भत्काएका आफ्ना घर पुनःनिर्माण हुने भएपछि स्थानीयवासी निकै खुसी देखिएका छन् । ६५ वर्षीया विकी गुरुङले पक्की घरमा बस्न पाउँदा निकै खुसी भएको अनुभव गरेकी छन् । उनी भन्छिन्, ‘भुइँचालोले घर लग्यो, त्यसपछि त्रिपालमुनि बस्दै आएँ । धन्न मेरोे भाग्य ! अमेरिकाबाट मेरै छोरीजस्ती मान्छे आइन् र मेरो घर बनाइदिइन् । मेरोमात्रै होइन, गाउँका सबै घर बनाउँदैछिन् । सबै घर एउटै देखिने गरी बनाउने अरे । हाम्रो आमा समूहको घर पनि बनाइदिने भनेकी छन् ।’

उनीमात्र होइन रागिनासकोटका खड्गबहादुर गुरुङ पनि अमेरिकी नागरिक नातासाप्रति निकै सम्मान प्रकट गर्छन् । उनी भन्छन्, ‘हाम्रा नेता जनतालाई दुई लाख रुपियाँ दिने विषयमा समेत जुँगाको लडाइँ गर्छन् । सरकारको भर परेको भए त अझै १० वर्ष हाम्रा घर बन्ने थिएनन् । एउटा सामान्य घर बनाउन झण्डै १५ लाख रुपियाँ लाग्दो रहेछ ।’ सरकारले उपलब्ध गराएको रकममध्ये १५ हजार रुपैयाँभन्दा बढी नआएको उनले बताए । उनका अनुसार गाउँका अधिकांश व्यक्ति गाउँ नै छाडेर बसाइँ जाने तयारीमा थिए ।

१० लाखदेखि १५ लाख रुपियाँसम्म खर्च गरेर घर बनाउनुभन्दा अन्यत्र गएर टिनको छाप्रो हालेर बस्ने योजनामा गाउँले थिए । तर नातासाले सहयोग गर्नुभएपछि सबै गाउँले गाउँमै रोकिएका छन् । कुल पाँच कोठामध्ये हरेक घरमा एक कोठा अनिवार्य रूपमा घरबास कार्यक्रमका लागि राख्नुपर्ने गोरखापत्रमा खबर छ । एक किचन, एक घरबास कार्यक्रमका लागि पाहुना कोठा, तीन कोठा घरायसी प्रयोजनमा प्रयोग गर्न पाइने छ । प्रत्येक घरमा आधुनिक शौचालय निर्माण हुनेछ । प्रत्येक शौचालयमा दुई किसिमका प्यान राख्नुपर्नेछ । अनि शौचालय र स्नान कोठा बेग्लै हुनेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com