विश्व स्वास्थ्य वैज्ञानिकहरुले दिए कोभिड भन्दा २० गुणा खराब महामारीको चेतावनी


प्रकाशित मिति : माघ १०, २०८० बुधबार

विश्व स्वास्थ्य नेताहरूले कोभिड भन्दा २० गुणा खराब महामारीको चेतावनी दिएका छन् । भर्खरैको विश्व आर्थिक मञ्चमा विश्व स्वास्थ्य संगठनले विश्व नेताहरूलाई चेतावनी जारी गर्दै भविष्यमा विश्वले कोभिड १९ भन्दा २० गुणा खराब महामारीको सामना गर्न सक्ने बताएको छ।

वैज्ञानिकहरूले यसलाई डिजिज एक्स भनेका छन्, जुन शब्दले अर्को विश्वव्यापी महामारीलाई पहिचान गर्दछ । यो मामारी जुन हाल पहिचान गरिएको रोगको फैलावटको सट्टा अज्ञात रोगको परिणामको रूपमा आउन सक्ने चेतावनी दिइएको छ । डब्ल्यूएचओका वैज्ञानिकहरूले गत हप्ता एक सत्र आयोजना गरेका थिए जसले विश्व नेताहरूलाई भविष्यमा रोग एक्स महामारीलाई रोक्ने वा व्यवस्थापन गर्ने रणनीतिहरू विकास गर्नका लागि सहकार्यको आह्वान गरेका छन् ।

डिजिज एक्स वास्तविक होइन। यो एक काल्पनिक रोगलाई दिइएको नाम हो जुन भविष्यको स्वास्थ्य संकटको लागि योजना बनाउन प्रयोग भइरहेको छ। विश्वव्यापी स्वास्थ्य सेवा विशेषज्ञहरूले बुधवार डिजिज एक्सको लागि तयारी भनिने प्यानलमा बोले। सन् २०१८ मा विश्व स्वास्थ्य संगठनले यो नाम राखेको थियो।

उठाइएका मुद्दाहरू मध्ये एउटा गलत सूचना र षड्यन्त्रका सिद्धान्तहरू कम गर्न राम्रो सञ्चार रणनीतिहरू विकास गर्नु रहेको छ । जबकी केहीले डिजिज एक्सलाई पहिले ट्विटर भनेर चिनिने एक्सको नामबाट सत्र राख्नु स्वतन्त्रताको विरुद्धको षड्यन्त्र भएको बताएका थिए । वैज्ञानिकहरूले डिजिज एक्स एक श्वासप्रश्वासको भाइरस हुन सक्ने र सम्भवतः पहिले नै जनावरहरूमा फैलिएको तर अहिलेसम्म मानिसमा नआएको हुनसक्ने बताएका छन् ।

पूर्वतयारी बिना डिजिज एक्सको महामारीले कोरोना महामारी भन्दा धेरै क्षति पुर्‍याउन सक्ने डब्ल्यूएचओले चेतावनी दिएको छ । कोरोना महामारीले विश्वव्यापी ७० लाखभन्दा बढीको ज्यान लिइसकेको छ। डब्ल्यूएचओले भविष्यमा हुने महामारीबाट जोगाउन केही पहलहरू सुरु गरिसकेको छ, जसमा प्रविधि साझेदारीलाई समर्थन गर्ने प्रयासहरू र देशहरूबीच रोग निगरानी बढाउने प्रयासहरू समावेश छन्।

डिजिज एक्स सत्रको केन्द्रबिन्दु भएपनि कार्यक्रममा सम्भावित रूपमा महामारी निम्त्याउन सक्ने अन्य भाइरसहरू इबोला, मारबर्ग, क्रिमियन कङ्गो हेमोरेजिक ज्वरो, लासा ज्वरो, सार्स, मर्स, निपाह भाइरस, रिफ्ट भ्याली फिभर, जिका भाइरस र कोभिड १९ को नयाँ विकासहरू लगायत छलफल भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com