अयोध्याबाट फर्किएपछि प्रधानमन्त्री मोदीको घोषणा- ‘एक करोड घरमा सोलार प्यानल जडान गर्छौं’


प्रकाशित मिति : माघ ८, २०८० सोमबार

अयोध्याको राममन्दिरमा प्राण प्रतिष्ठा गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक करोड घरमा सोलार प्यानल जडान गर्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्री सूर्योदय योजनाको नाम राखेर एक करोड घरमा सोलार प्यानल जडान गर्ने घोषणा गरेका हुन् । अयोध्यामा अभिषेकको शुभ अवसरमा आफ्नो संकल्पलाई अझ बलियो बनाएको बताउँदै भारतीय जनताका घरको छतमा आफ्नै सौर्य रूफ टप सिस्टम हुनुपर्ने बताए ।

सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री मोदीले अयोध्याबाट फर्केपछि सरकारको पहिलो निर्णय प्रधानमन्त्री सूर्योदय योजना सुरु गर्ने रहेको उल्लेख गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले यस योजनाले गरिब र मध्यम वर्गको बिजुलीको बिल मात्र कम गर्ने नभई भारतलाई ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउने विश्वास लिए ।

दिल्ली पुगेपछि उनले यस्तो घोषणा गरेका हुन् । प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार अयोध्याको राम मन्दिरमा रामलल्लाको मूर्तिलाई अभिषेक गरेका थिए । अनुष्ठानमा संघ प्रमुख मोहन भागवत, यूपी सीएम योगी आदित्यनाथ र राज्यका गभर्नर आनन्दीबेन पटेल उपस्थित थिए।

साथै यस कार्यक्रममा सहभागी हुन देशभरका चर्चित व्यक्तित्वहरु अयोध्या पुगेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com