न्युयोर्क सिटीमा मंगलबार बिहान ७०० दिनमा पहिलो पटक उल्लेख्य हिमपात


प्रकाशित मिति : माघ २, २०८० मंगलबार

न्युयोर्क सिटीमा लामोसमयदेखि उल्लेख्य रुपमा हिमपात नभएकोमा मंगलबार बिहान ७०० दिनमा पहिलो पटक उल्लेख्य हिमपात भएको छ । अन्ततः न्युयोर्क सिटीमा हिउँ फर्किएको छ भने हिउँ जमेको दृश्य पनि देखिएको छ । सेन्ट्रल पार्कमा १ दशमलव ४ इन्च हिमपात रेकर्ड भएसँगै न्युयोर्क सिटीको ७०० दिनको हिउँ खडेरी मंगलबार राति समाप्त भएको हो ।

हिमपात अझै सकिएको छैन । राष्ट्रिय मौसम सेवाको पूर्वानुमान अनुसार मंगलबार २ इन्च सम्म हिउँ पर्नुका साथै नराम्रो वर्षा पनि हुन सक्छ। बिहान १० बजे अघिसम्म हिमपात, त्यसपछि बरफ मिसिएको बर्षा र पानी जम्ने अवस्थाको पूर्वानुमान गरिएको छ । मंगलबारको जाडो हिउँ र बरफ मिसिएको पानीको संयोजन मात्र होइन।

उच्च तापक्रम ३१ डिग्री फरेनहाइटमात्र मात्र पुग्नेछ भने २० र २५ डिग्री बीचमा चिसो हावा चल्ने पूर्वानुमान छ। न्युयोर्क सिटीमा मंगलबार साँझ ७ बजे सम्म खतरनाक मौसमका कारण एड्भाइजरी जारी गरिएको छ । हड्डी चिसो हुने मौसम यो हप्ताभर शुक्रबार सम्म जारी रहनेछ भने अर्को आँधीले न्युयोर्क सिटीमा थप हिमपात हुने अनुमान गरिएको छ ।

सप्ताहको अन्त्यको आँधी पछाडि आर्कटिक हावा यस साताको अन्त्यमा पूर्वी राज्यहरूमा अझ बलियोगरी धकेलिनसक्ने वरिष्ठ मौसमविद् म्याट बेन्जले बताएका छन् । आज दिउसो न्युयोर्क सिटीमा उत्तरपूर्वी हावा ८ देखि १० माइल प्रतिघण्टाको गतिमा उत्तरपश्चिम हुँदै जाने अनुमान छ भने वर्षाको सम्भावना ९० प्रतिशत छ। शुन्य दशमलव एक इन्च बरफ जम्ने र १ इन्चसम्म हिउँ जम्मा हुन सक्ने अनुमान गरिएको छ ।

प्रारम्भिक साँझको समयमा बादल लाग्नेछ भने त्यसपछि क्रमशः सफा हुँदै जानेछ । तापक्रम २० डिग्री फरेनहाइट अर्थात् माइनस ६ डिग्री सेल्सियसको आसपासमा हुनेछ । चिसो हावा १० देखि १५ डिग्री फरेनहाइट चिसो र १४ माइल प्रतिघण्टाको गतिमा हुनेछ । बुधबार भने घमाइलो हुनेछ यद्यपी तापक्रम उच्चमा २६ डिग्री फरेनहाइट अर्थात् माइनस ३ डिग्री सेल्सियस हुनेछ । शुक्रबार राती ८ बजेपछि हिमपात हुने अनुमान गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com