पोर्चुगलमा ‘टीआर’ आवेदन दिएको ५ बर्षमा नै नागरिकता आवेदन दिन पाउने प्रावधान पारित


प्रकाशित मिति : पुस २६, २०८० बिहीबार

पोर्चुगलको संसदले मुलुकको नागरिकतासम्बन्धि कानूनमा परिवर्तनहरु स्वीकार गरेको छ । उक्त परिवर्तन अनुशार अब नागरिकताका लागि आवासीय अनुमति प्राप्त गरेको मितिले ५ बर्षको गणनामा परिवर्तन गरी आवासीय अनुमतिका लागि आवेदन दिएको ५ बर्ष पूरा भए पुग्ने प्रावधान ल्याइएको छ । जसले गर्दा आप्रवासीले नागरिकता प्राप्त गर्नका लागि लाग्ने समयमा कमी आउने अपेक्षा गरिएको छ ।

अगाडिको कानून अनुशार विदेशीहरुले पोर्चुगलमा आवासीय अनुमति स्वीकृत भएको मितिले ५ बर्ष गणना गरेर नागरिकताका लागि आवेदन दिन पाइने प्रावधान रहेको थियो । मुलुकको अध्यागमन निकायमा भएको भयानक ढिलाईका कारण आवासीय अनुमतिका लागि आवेदन दिएपछि स्वीकृत हुन २ बर्षभन्दा बढी समय लाग्दै आएको छ । त्यसैले आवासीय अनुमतिका लागि आवेदन दिएको मितिका कारण धेरै समय कुनुपरेका आप्रवासीहरुले आवासीय अनुमतिका लागि आवेदन दिएदेखि नागरिकता प्राप्त गर्दासम्म झण्डै ८ बर्षसम्म कुनुपर्ने अवस्था थियो ।

अझ लगानीमा आधारित आवासीय अनुमतिका आधारमा नागरिकता प्राप्त गर्न लामो समय लाग्दै आएको थियो । नयाँ कानून लागु भएमा लगानीमा आधारितमात्र नभई हरेक प्रकारका आवासीय अनुमति र नागरिकता प्राप्त गर्न लाग्ने लामो समयमा कटौती हुने र आप्रवासीहरुले राहत पाउने अपेक्षा गरिएको छ । आवेदकको कमजोरीका कारण नभई राज्यको ढिलाई कारण नागरिकता प्राप्त गर्नमा ढिलाई भएका कारण नयाँ उपाय अपनाइएको हो । राज्यको ढिलाईका कारण ३ महिनामा हुने कामका लागि २ बर्षभन्दा धेरै समय लाग्दै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उदाहरणका लागि नयाँ परिवर्तन अनुशार कसैले सन् २०२० को अक्टोबरमा आवासीय अनुमतिका लागि आवेदन दिएको थियो भने बीचको कुनै पनि अवधिमा स्वीकृत भएको खण्डमा उसले सन् २०२५ को अक्टोबरमा नागरिकताका लागि आवेदन दिनसक्नेछ । यदि कसैले आवासीय अनुमतिका लागि सन् २०१९ को माचृमा आवेदन दिएको थियो तर कुनै कारणवश ढिलाई हुँदा उसको आवासीय अनुमति सन् २०२१ को अक्टोबरमा स्वीकृत भएको थियो भने उसले सन् २०२४ को मार्चमा नागरिकताका लागि आवेदन दिन पाउनेछ ।

यो कानून अझै कार्यान्वयनमा आइसकेको छैन । यो संसोधन राष्ट्रपति समक्ष जानेछ । राष्ट्रपतिले स्वीकृत गरेको खण्डमा मात्र लागु हुनेछ । राष्ट्रपतिसँग भिटो प्रयोग गरेर अस्वीकृत गर्न पाउने अधिकार समेत रहेको छ । वा त्यसलाई विश्लेषणका लागि संवैधानिक अदालतमा पठाउन समेत सकिनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com