सन् २०२४ मा विश्वका घुम्नैपर्ने न्युयोर्क टाइम्सको ५२ स्थानको सुचीको ३७ नम्बरमा मुस्ताङ


प्रकाशित मिति : पुस २५, २०८० बुधबार

red and yellow temple near mountain under blue sky during daytime

न्युयोर्क टाइम्सले सन् २०२४ मा विश्वका घुम्नैपर्ने ५२ स्थानको सुची प्रकाशित गरको छ, जसमा ३७ नम्बरमा नेपालको मुस्ताङ रहेको छ । नेपालको उत्तरी भेगमा तिब्बती पठारको अग्लो स्थानमा रहेको प्राचीन हिमाली राज्य मुस्ताङ परम्परागत तिब्बती संस्कृतिको गढ रहेको र यसको दुर्गमताका कारण शताब्दीयौंदेखि संरक्षित रहेको उल्लेख गरिएको छ ।

यस क्षेत्रलाई चीनको सहयोगमा निर्मित चीनसँग जोड्ने १८३ माइलको नयाँ सडक र पोखराको उज्यालो तर ऋणको भार बोकेको विवादास्पद अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुहरूलाई माथिल्लो मुस्ताङको लो मान्थाङको संरक्षित मध्ययुगीन किल्ला जस्ता स्थलहरूमा सहज पहुँच प्रदान गर्ने न्युयोर्क टाइम्सको रिपोर्टमा उल्लेख छ । जुन सन् १९९० को दशकसम्म पर्यटकका लागि प्रतिबन्धित क्षेत्र थियो।

अन्नपूर्ण र धौलागिरि हिमालहरू हुँदै उजाड पदयात्राले खोलाहरू, हिमतालहरू र चौँरी र भेडाहरूले भरिएका दुर्गम मार्गहरू पार गर्ने रिपोर्टमा उल्लेख छ । बजेट अनुकूल होटलहरू प्रशस्त रहेको उल्लेख गर्दै पदयात्रीहरूलाई स्थानीय इजाजतपत्र प्राप्त गाईड वा पोर्टर प्रयोग गर्न आवश्यक रहेको रिपोर्टमा स्मरण गराइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि गत वैशाखमा सिएनएनले पनि घुम्नैपर्ने विश्वका २३ ठाउँको सूचीमा मुस्ताङलाई समेटेको थियो। सिएनएनले मुस्ताङलाई चिनाउँदै माउन्टेन ट्रेकिङका लागि प्रसिद्ध परौणिककालीन पदमार्ग समेत रहेको उल्लेख गरेको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com