सलमान खानको फार्म हाउसको पर्खालमा चढेको आरोपमा पञ्जाबका दुई युवा पक्राउ


प्रकाशित मिति : पुस २४, २०८० मंगलबार

ज्यान कै जोखिमको सामना गरिरहेका अभिनेता सलमान खानको पनवेल फार्महाउसमा बिना अनुमति पस्ने प्रयास गरेको आरोपमा पञ्जाबका दुई जनालाई पक्राउ गरिएको छ ।

समाचार एजेन्सी पीटीआईले नवी मुम्बई पुलिसका एक अधिकारीलाई उद्धृत गर्दै यो जानकारी दिएको हो। उनीहरुको नाम अजेश कुमार गिला र गुरुसेवक सिंह सिख हो ।

दुवै जना फार्म हाउसको झाडी र बाउन्ड्री पर्खालबाट भित्र पसेको आरोप छ । तर फार्महाउसका म्यानेजरले दुवैलाई पक्रेर मुम्बई प्रहरीको जिम्मा लगाए ।

उनीहरु दुवैलाई सोधपुछपछि छाडिएको प्रहरीले जनाएको छ ।

अधिकारीका अनुसार यो घटना जनवरी ४ मा भएको हो । दुवै पञ्जाबका बासिन्दा हुन् र केही दिनअघि मुम्बई आएर बोरिवलीमा बस्न थालेका थिए ।

सलमान खानलाई सन् १९९९ मा राजस्थानको जोधपुरमा कालो हरिण शिकार गरेको आरोप लागेको थियो । जसका कारण उनलाई सन् २०२२ मा ग्याङ्स्टर लरेन्स बिश्नोईबाट धम्की आएको थियो ।

त्यसपछि मुम्बई पुलिसले उनलाई वाई श्रेणीको सुरक्षा दियो र हतियार लाइसेन्स पनि जारी गर्यो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com