नेपालबाट अमेरिका आएका थिए नयाँ बर्षका न्युयोर्कमा चक्कु प्रहारबाट ज्यान गुमाएका छिरिङ वाङदु


प्रकाशित मिति : पुस १९, २०८० बिहीबार

नयाँ बर्षको सुरुवात नै आफ्नो जीवनको अन्तिम दिन बन्ला भन्ने शायदै सोचेका थिए २९ बर्षका छिरिङ वाङदुले । तर नयाँ बर्ष उनका लागि मृत्यु बोकेर आयो । न्युयोर्कको ज्याक्सनहाइटमा नयाँ बर्षको स्वागत लगत्तै चक्कु प्रहारबाट छिरिङ वाङदुको जीवन समाप्त भयो ।

उनका साथीहरुका अनुशार उनले नयाँ वर्षमा अनाथ बच्चाहरूलाई मद्दत गर्ने संकल्प लिएका थिए । तर उनले उक्त संकल्प भने पूरा गर्न पाएनन् । उनी र उनका ३० वर्षीय रूममेटले ज्याक्सनहाइटको ७६ औं स्ट्रीट नजिकै ब्रोडवेमा रहेको केटीएम बार एण्ड लाउन्जमा नयाँ वर्ष मनाउँदै गर्दा सोमबार बिहान ४ बजेतिर झगडा सुरु भयो । झगडा सडकमा पुग्यो र त्यहाँ वाङदु र उनका साथीमाथि छुरा प्रहार भयो ।

do not cross police barricade tape close-up photography

छुरा प्रहारपछि वाङदु र उनका साथीलाई अस्पताल लगिएपनि उनलाई चिकित्सकहरुले बचाउन सकेनन् । झण्डै १२ घण्टापछि अस्पतालले उनलाई मृत घोषणा गरिदियो भने उनका साथीको चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ । वाङदु नेपालमा हुर्केका थिए । उनले एकजना बालकलाई स्पोन्सर गर्ने योजना बनाएको उनका साथीहरुले स्मरण गरे ।

घटनाका सन्दर्भमा अहिलेसम्म कसैलाई पनि गिरफ्तार गरिएको छैन । प्रहरीले चक्कु बोकेको व्यक्ति बाउन्सर वा ग्राहक भएको तथा गल्तीले पुरुषहरूलाई छुरा प्रहार गरेको विश्वास गरेको छ । वाङडु र उनका रूममेट इस्ट एल्महर्स्टमा बस्दै आएका थिए । जुन घटनास्थलबाट एकमाइलको दुरीमा छ ।

वाङदुको हत्यापछि मंगलबार ब्रुकलिनमा एक १५ बर्षका टिनएजरको गोली हानेर हत्या भयो, जुन न्युयोर्क सिटीमा यो बर्षको दोश्रो हत्या हो । क्यानर्सीको १०२ औं स्ट्रिटको बे भ्यू हाउस बाहिर मङ्गलबार अबेर राति १५ वर्षीय जेभेल लटनको गोली लागेर मृत्यु भएको थियो । प्रहरी अधिकारीहरूले राति ९ बजेतिर कसैलाई गोली हानेको ९११ कलको जवाफ दिएका थिए ।

प्रहरी घटनास्थलमा पुग्दा लटनलाई बन्दुकको गोली लागेको घाउसहित भेटाएका थिए । लटनलाई तत्कालै ब्रुकडेलमा रहेको अस्पतालमा लगेपछि डाक्टरहरूले उनलाई मृत घोषित गरेका थिए ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com