ट्रम्प राष्ट्रपति हुँदा व्यवसायका लागि विदेशी सरकारहरूबाट ८ मिलियन डलर प्राप्त गरेको खुलासा


प्रकाशित मिति : पुस १९, २०८० बिहीबार

डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा उनको व्यवसायले २० विदेशी सरकारहरूबाट कम्तिमा ७ दशमलव ८ मिलियन डलर प्राप्त गरेको हाउस डेमोक्र्याटहरूले बिहीबार जारी गरेको नयाँ कागजातहरुबाट खुलासा भएको छ । उनी ह्वाइट हाउसमा रहँदा विदेशी लेनदेनबाट कति प्राप्त गरे भन्ने कागजातहरुमा देखाइएको छ । जसमध्ये धेरैजसो रकम चीनबाट आएको थियो ।

डेमोक्र्याटहरूले हाउस ओभरसाइट कमिटीमा तयार पारेको ह्वाइट हाउस फर सेल नामक १५६ पृष्ठको प्रतिवेदनमा पूर्व राष्ट्रपतिले विस्तृत लेनदेनले पूर्व राष्ट्रपति लेनदेनमा संलग्न रहेको ठोस प्रमाण दिएको छ । अदालतको लडाइँ मार्फत उत्पादन गरिएका कागजातहरू प्रयोग गरेर प्रतिवेदनले राष्ट्रपति हुँदा ट्रम्पका व्यवसायहरूसँग कसरी एक शीर्ष अमेरिकी विरोधीसहित विदेशी सरकारहरू र उनीहरूका नियन्त्रित संस्थाहरूले कारोबार गर्ने भन्नेबारे देखाइएको छ ।

उनीहरूले वाशिंगटन डीसीमा रहेको ट्रम्प इन्टरनेशनल होटल, लस भेगासमा रहेको ट्रम्प अन्तर्राष्ट्रिय होटल, न्यूयोर्कको पाँचौं एभिन्यूमा ट्रम्प टावर र न्यूयोर्कको ८४५ युनाइटेड नेशन्स प्लाजामा रहेको ट्रम्प वर्ल्ड टावरलाई लाखौं डलर तिरेका थिए । राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनले गरेको कारोबारको विषयलाई लिएर रिपब्लिकनहरु जो बाइडेनविरुद्ध खनिएको बेलामा हाउस डेमोक्र्याट्सले त्यसको जवाफी प्रमाणका रुपमा ट्रम्पविरुद्धका कागजात सार्वजनिक गरेका छन् ।

चीनले ट्रम्पको व्यापारिक हितमा सबैभन्दा ठूलो ५ दशमलव ५ मिलियन डलरको कुल भुक्तानी गरेको छ । ती भुक्तानीहरूमा अमेरिकास्थित चिनियाँ दूतावास, चीनको औद्योगिक तथा वाणिज्य बैंक र हेनान एयरलाइन्स होल्डिङ कम्पनीबाट प्राप्त लाखौं डलर समावेश रहेको छ ।

ट्रम्प वर्ल्ड टावर र ट्रम्प इन्टरनेशनल होटलमा ६ लाख १५ हजार डलर भन्दा बढी खर्च गर्दै साउदी अरेबिया दोस्रो सबैभन्दा ठूलो खर्चकर्ता बनेको थियो । पूर्व राष्ट्रपतिका छोरा एरिक ट्रम्पले विदेशी रुचीले आफ्नो बुबाको राष्ट्रपति पदलाई प्रभाव नपारेको लामो समयदेखि जोड दिदै आएका छन् । कम्पनीले होटलमा कमाएको कुनै पनि नाफा ट्रेजरी विभागलाई स्वैच्छिक वार्षिक भुक्तानी मार्फत संघीय सरकारलाई फिर्ता गरिएको उनको भनाई छ ।

रिपोर्टमा उल्लेख गरिएको चिनियाँ बैंकले सन् २००८ मा ट्रम्प टावरमा २० वर्षको लिजमा हस्ताक्षर गरेको र ट्रम्पले पदभार सम्हालेको लगभग एक दशक अघि यो लिज भएको एरिक ट्रम्पले उल्लेख गरेका छन् । पूर्व राष्ट्रपति ट्रम्पले आफ्नो व्यक्तिगत व्यापार बढाउन राष्ट्रपति पदको दुरुपयोग नगरेको उनको तर्क छ ।

डेमोक्र्याटको रिपोर्ट पागलपन भएको बताउदै एरिक ट्रम्पले चीनप्रति अमेरिकाको इतिहासमा डोनाल्ड ट्रम्प भन्दा कठोर कुनै पनि राष्ट्रपति नभएको उल्लेख गरेका छन् । पूर्व राष्ट्रपति ट्रम्पले चीनको सामान र सेवाहरूमा लगाएको पर्याप्त शुल्कलाई उद्धृत एरिक ट्रम्पले होटलमा कसैलाई तेस्रो पक्षबाट बुकिङ गर्नबाट रोक्न सक्ने क्षमता वा व्यवहारिकता नभएको जनाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com