शनिबार न्युयोर्क सिटीमा ६ इन्चसम्म हिमपातको अनुमान


प्रकाशित मिति : पुस १९, २०८० बिहीबार

यो साताको अन्त्यमा न्यूयोर्क सिटीमा ६ इन्चसम्म हिउँ जम्मा हुनेगरी हिमआँधी आउन सक्ने अनुमान गरिएको छ । तर मौषमको उतारचढावका कारण पूर्वानुमान सही नहुन पनि सक्ने मौषमविदहरुले बताएका छन् । शनिबारको अपेक्षित हिमपातका लागि न्यूयोर्क शहरको हिमपातको पूर्वानुमान अझै दुई दिन बाहिर रहेको छ ।

अक्युवेदरले ६ इन्च सम्म हिमपातका लागि राम्रो आधारहरु दिएको छ । जबकि राष्ट्रिय मौसम सेवाले हिउँ जम्मा हुने कम सम्भावना भएको जनाएको छ । भोलिसम्ममा हिमपात हुने नहुनेबारे थप पूर्वानुमान आउनेछ । यद्यपी हिमपात भएमा शनिबार दिउसो १ बजेदेखि बेलुका ७ बजेको बीचमा हुनसक्ने जनाइएको छ । यो हिमपातपछि सम्भावित रूपमा वाशिंगटन डीसीदेखि न्यूयोर्क सिटीसम्म यसैसाताको अन्त्यमा हिउँ खडेरी समाप्त हुनेछ। न्यूयोर्क सिटीमा कम्तीमा एक इन्च हिमपात नभएको ६८४ दिन नाघिसकेको छ ।

woman in brown jacket standing beside road

न्यू इङ्गल्याण्ड, न्यूयोर्क र मध्य एट्लान्टिकको उच्च तापक्रम यस सप्ताहन्तको मध्यमा ३० को हाराहारीमा झर्ने अनुमान गरिएको छ । जसले गर्दा पूर्वी तटमा ठूलो आँधी आउने र केही क्षेत्रमा हिउँ पर्ने सम्भावना छ। मौसमविद्हरूले अपलाचियन पर्वतहरूमा हिमापातको सम्भावनाको साथ मिजौरीदेखि न्यू इङ्गल्याण्डसम्म हिमपात हुनसक्ने बताएका छन् ।

न्यूयोर्क सिटीमा फेब्रुअरी १६, २०२२ देखि एकै दिनमा कम्तिमा एक इन्च हिउँ पर्न सकेको छैन । बाल्टिमोर, फिलाडेल्फिया र वाशिंगटन डीसीमा पनि यस सप्ताहन्तमा हिउँ पर्न सक्छ, यी सबै क्षेत्रमा कम्तीमा १ इन्च हिमपात नभएको ७ सय दिन भन्दा बढी भइसकेको छ । वाशिंगटन डीसीमा हिउँ खडेरी परेको नयाँ वर्षको दिनको ७१५ दिन पुगेको छ।

आँधीको मार्ग अप्रत्याशित रहेको छ किनभने यसले दक्षिणपश्चिम र दक्षिणी ग्रेट प्लेन्सहरू पार गर्नेछ । यद्यपि राष्ट्रिय मौसम सेवाको चेतावनी अनुशार आँधीले डेलावर, न्यूयोर्क र न्यूजर्सीको तटमा सप्ताहन्तमा समुन्द्रमा नराम्रो छाल ल्याउनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com