जापानको हानेदा विमानस्थलको धावनमार्गमा दुई विमान एकआपसमा ठोक्किए, ५ जनाको मृत्यु


प्रकाशित मिति : पुस १७, २०८० मंगलबार

जापानको हानेदा विमानस्थलको धावनमार्गमा दुई विमान एकआपसमा ठोक्किँदा कोस्ट गार्डको विमानमा सवार ६ मध्ये पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ ।

अवतरण गर्ने क्रममा जापान एयरलाइन्सको विमान रनवेमा पार्किङ गरेको कोस्ट गार्डको विमानसँग ठोक्किएर दुवैमा आगो लागेको हो । तर, जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रु र चालक दलका सदस्यलाई सकुशल निकालिएको छ ।

तर, जापानको सरकारी प्रसारक एनएचकेको वेबसाइटमा प्रहरीले दिएको जानकारी अनुसार कोस्ट गार्डको विमानमा रहेका ६ जना चालक दलका सदस्यमध्ये पाँच जनाको दुर्घटनामा मृत्यु भएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार कोस्ट गार्डको विमान जनवरी १ मा गएको शक्तिशाली भूकम्पपछि जनतालाई राहत सामग्री पुर्‍याउन गइरहेको थियो।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com