प्राकृतिक विपतको भविष्यवाणी गर्ने अमेरिकी महिला, ९३ % सहि भविष्यवाणी


प्रकाशित मिति : भाद्र २२, २०७३ बुधबार

नेपालमा भुकम्प जानुअघि सारलोथको शरिरमा पीडा

एक अमेरिकी महिलाले प्राकितिक प्रकोपको ९३ प्रतिसत सहि भविष्यवाणी गरेको दाबी गरेकी छिन् । उनले गत अप्रिलमा नेपालमा गएको महाभुकम्पको पनि आफुले भविष्यवाणी गरेको बताईन । यदि कतै प्राकृतिक अनिष्ट हुदैछ भने केहि दिन अगावै या त केहिबेर अगाडी नै त्यसको संकेत आफुले पाउने ७० बर्षीय सारलोथ किङ्गको भनाई छ ।
गत २५ अप्रिलमा उनले शरिरमा अनौठो खालको पीडा महशस गरेको र त्यसबारे उनले अरुलाई समेत जानकारी गराएकी थिईन् । नेपालको महाभुकम्पबारकोे भविष्यवाणी पहिलो घटना होईन उनले आफु ३० बर्षको भएदेखि नै यसकिसिमको भविष्यवाणी गर्दै आएको दाबी गरेकी छिन् । एक अष्ट्रेलियन समाचार एजेन्सीले सारलोथ संग लिएको भिडियो अन्र्तवार्तामा उनले ४० बर्षदेखी यो अनौठो सेन्सेशनको खुबी आफुमा महशुस गरिरहेको बताएकी छिन् । १८ मे १९८० मा वाशिङटनमा आएको विपत देखी जापानको सन् २०११ को भुकम्पसम्मको सहि भविष्यवाणी गरेको दाबी छ यिनको । १९८० को वाशिङटनमा भुकम्प र भुकम्पपछिको ज्वालामुखी विष्फोटमा ५७ जनाको ज्यान गएको थियो । फिलिपिन्समा भुकम्प जानुअघि मात्रै ७ मिनेट अगाडी आफुले भुकम्पविदलाई जानकारी गराएको तर धेरैजसो घटना उनिहरुले समेत विश्वास नगर्ने सारलोथको गुनासो छ ।

हालै मात्र उनले एक साता भित्रै कतै ७ रेक्टर स्केलसम्मको भुकम्प जाने भविष्यवाणी गरेकी थिईन् ठिक ७ दिनपछि इटालीमा भुकम्प गयो र सयौंको ज्यान गयो । यस्तै चिलि, पपआ न्यगिनी, अष्ट्रेलिया, क्यालिफोर्निया लगायतका स्थानमा भएको विपत अगिका उनका भविष्यवाणी सहि भएका छन् ।

कसरी गर्छिन् उनले भविष्यवाणी
उनले आºनो शरिरमा एकखालको पीडा हुने र त्यो पीडा सामान्यबेलाको भन्दा एकदमै फरक हुने बताईन् । पहिले दुबै कानमा आवाजहरु ठोक्किए जस्तो महशुस हुन्छ त्यसपछि दुखाई छाती र ढाडमा फैलदै जान्छ । उनले यस्तो पीडा केहिदिनसम्म लगातार शरिरमा रहने र प्रकोपको समय नजिकिदै जादा अझ बढ्दै जाने गरेको बताउछिन् । संसारको जुनकुनै स्थानमा प्रलय हुन लागिरहेको संकेत आफुले पाउने दाबी गर्ने सारलोथले ठ्याक्कै यहि स्थानमा प्राकृतिक प्रकोप आउछ भन्न भने नसक्ने बताईन् ।

उनलाई पनि पहिले पहिले यि सब कुरा मिथ्या नलागेका होईनन् यहि कारण उनि धेरै हस्पिटल र मेन्टल सेन्टर समेत पुगेकी थिईन् तर ति सबले उनलाई शारिरिक र मानसिक स्वस्थ भएको क्लिनचिट दिए । त्यसयता उनले यो सेन्सेशनको खुबीलाई उपहारको रुपमा लिएको बताएकी छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com